नेपालमा कोभिड-१९ संक्रमित कुल संख्या करिव बाउन्न हजार

नेपालमा कोभिड-१९ संक्रमित कुल संख्या करिव बाउन्न हजार


नेपालमा कोभिड-१९ बाट संक्रमित संख्या ५१,९१९ पुगेको छ । पछिल्लो २४ घण्टा (२६ भदौ) मा थप १,४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमित संख्या करिव बाउन्न हजार पुगेको हो । काठमाडौं उपत्यकामा मात्र ६ सय ९६ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ । शुक्रबार पनि ९७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका बताइएको छ ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ भने क्वारेन्टिनमा ६ हजार ७८ जना छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थपिएका संक्रमितहरुमा झापाका १४, मोरङका ४७, संखुवासभाका १२, सुनसरीका ४४, धनुषाका २, पर्साका ३, बाराका २, रौतहटका २, महोत्तरीका २, रौतहटका ६, सप्तरीका ४, सर्लाहीका ७, सिराहाका ४२, काठमाडौंका ६२०, काभ्रेका ११, चितवनका ७४, धादिङका १, नुवाकोटका ३, भक्तपुरका ३८, मकवानपुरका ५४, रामेछापका १, ललितपुरका ३८, सिन्धुपाल्चोकका २, सिन्धुलीका २, कास्कीका ११, गोर्खाका ६, तनहुँका ८, नवलपरासीपुर्वका ३८, पर्वतका २, लमजुङका ६, स्याङजाका ४, कपिलवस्तुका २८, गुल्मीका २०, दाङका ५, नवलपरासीका ३५, पाल्पाका १२, बर्दियाका १, बाँकेका १८, रुपन्देहीका १०२, रोल्पाका ३, रुकुमपुर्वका ११, रुपन्देहीका १०२, रोल्पाका ३, जुम्लाका १, सुर्खेतका २६, कञ्चनपुरका २, कैलालीका ६७, तथा डोटीका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् ।

यसैबीच बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत पश्चिम नवलपरासीका एक कोरोना सङ्क्रमितको शुक्रबार मृत्यु भएको छ । अस्पतालको सघन उपचार कक्षमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

भदौ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएका पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।