बागलुङमा पहिरोले पाँच घर पुऱ्यो, एक बेपत्ता

बागलुङमा पहिरोले पाँच घर पुऱ्यो, एक बेपत्ता


अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज (२९ भदौ) बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।

घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता मभएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले दिएको जानकारीअनुसार परिवारका अन्य पाँच सदस्य सकुशल रहेका छन् ।

पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्ण रूपमा क्षति पुऱ्याएको प्रहरीले बताएको छ । घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ ।