भद्रपुर क्रिकेट क्लबमा पदस्थापन र सम्मान

भद्रपुर क्रिकेट क्लबमा पदस्थापन र सम्मान


स्थापनाको छोटो समयमै क्रिकेटका दूई ठूला प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको झापाको भद्रपुर क्रिकेट क्लब (बीसीसी)को अध्यक्षमा गौरव सुब्बा ‘मनोज’ चयन भएका छन् ।

आगामी दुई वर्षे कार्यकालका लागि गत शुक्रबार (८ साउन) तोकिएको निर्वाचनमा सर्वसम्मतिबाट १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएसँगै १० गते आइतबार पदस्थापन सम्पन्न भएको हो ।

निर्वाचन अधिकृत गोपाल गिरीका अनुसार, वरिष्ठ उपाध्यक्षमा नितेश वर्मा, उपाध्यक्षद्वय वसन्त पोखरेल र कविन राई, महासचिवमा राजन भट्टराई, सचिवमा केदार महत, कोषाध्यक्षमा पवन घिमिरे निर्वाचित हुँदा सदस्यहरूमा( तोयानाथ गड्तौला, अभिषेक ढुंगाना, अजयकुमार साहेवाला, अंकित सुवेदी, विशाल राई, असिम घिमिरे, विक्की जैसवाल, सुदर्शन महर्जन, अमित शर्मा, राजेशप्रसाद गुप्ता, पोषराज पौडेल र शेखर खड्का चयन भएका छन् ।

अध्यक्ष निर्वाचित सुब्बा भद्रपुर नगरपालिकाका ८ नं. वडाध्यक्षसमेत हुन् ।

भद्रपुरका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्य तथा प्रजिअ शिवराम गेलाल र उपप्रमुख राधा कार्की विशिष्ट अतिथि रही चन्द्रगढीस्थित एयरपोर्ट होटलको प्रेक्षालयमा सम्पन्न पदस्थापन समारोहमै निवर्तमान अध्यक्ष आदित्य पराजुलीलाई ढाकाटोपी, दोसल्ला, बुकी सहित सम्मान अर्पण गरिएको थियो ।

पदस्थापन एवम् सम्मान कार्यक्रममा सचिव केदार महतले सहजीकरण गरेका थिए ।