नेपालमा पछिल्लो २४ घन्टामा थप १,१७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार (२९ भदौ) जनाएअनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ७९ जना डिस्चार्ज भएका र योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको जानकारी पनि दिए ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको उल्लेख गर्दै प्रवक्ता गौतमले सोमबारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको बताए ।
मन्त्रालयका अनुसार नेपालमा आइसोलेसनमा रहने कोरोनासंक्रमित १५ हजार ३ सय ९३ जना छन् भने ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म पीसीआर विधिबाट ८ लाख ५१ हजार ४०५ परीक्षणहरु गरिएका छन् ।
प्रतिक्रिया