प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त


सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न मंगलबार मंगलबार (३० भदौ) आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा. खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिए ।

यसअघि डा. खतिवडा सञ्चार तथा सूचनामन्त्रीसमेत रहेका थिए । संवैधानिक व्यवस्थानुसार उनको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो ।

खतिवडालाई मन्त्रीसरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको बताइएको छ ।