नेपालमा कोरोना संक्रमित कुल संख्या ५९,७,७३

नेपालमा कोरोना संक्रमित कुल संख्या ५९,७,७३


नेपालमा बिहीबार (१ असोज) १,२४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएको उल्लिखित संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९,७७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका ५०७, ललितपुरका ६१ र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बिहीबार १,२४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ४२,९४९ पुगेको छ ।

बताइएअनुसार हाल देशभर १६,२४१ जना सक्रिय संक्रमित रहेका छन् । देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ वर्षीया महिला र कैलालीकी ५७ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।

देउवा होम आइसोलेशनमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देउवा होम आइसोलेशनमा रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

सचिवालयका सातजनाको स्वाब परीषक्षण भएकोमा दुईजनामा संक्रमण देखिएको हो । यसपछि केही दिनयता सपभापति देउवाले भेटघाट पूर्ण रुपमा बन्द गरेका बताइएको छ ।