आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ले दशैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेटमार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।
किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट बिक्री हुने आवश्यक सामानहरू जस्तै– औषधी, तरकारी, फलफुल र नयाँ लत्ताकपडा खरिदको भुक्तानीमा यस्तो अफर सार्वजनिक गरिएको हो ।
यो अफर २५ असोजबाट शुरू भइ कार्तिक ७ गतेसम्म कायम हुने कम्पनीले जनाएको छ ।
यो अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सुरक्षा सतर्कताअन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आमउपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।
आफ्नो स्थापनादेखि नैै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व उक्त कम्पनीले सेवा आरम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १२ हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइइरहेको छ ।
यस्तै, झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी हो ।
आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया