कुँवरलाई एनआरएनको बधाई

कुँवरलाई एनआरएनको बधाई


राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त बोर्ड सदस्य एकेन्द्र कुँवरलाई गैरआवसीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले बधाई दिएको छ । प्रतिष्ठानका सल्लाहकार कुँवरलाई राखेपको बोर्ड सदस्यमा नियुक्त भएकोमा बधाइ दिइएको हो ।

एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेश राणा, प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयंभूराज डंगोललगायतले कुँवरलाई बधाइ पत्र प्रदान गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका हुन् ।

कुँवरलाई गत असोज २९ गतेको मन्त्रिपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो । कुँवर अघिल्लो कार्यकालमा पनि राखेप सदस्य थिए ।