आमाको स्वरमा गीत, मोडलिङ छोरीको

आमाको स्वरमा गीत, मोडलिङ छोरीको



■ राजन घिमिरे


युवा पुस्तामाझ लोकप्रिय अभिनेत्री साम्राज्ञी आरएल शाह पहिलोपटक म्यूजिक भिडियोमा देखिएकी छिन् । उनी नेहा आरएल शाहको आवाज रहेको ‘तिमी र म…’ बोलको गीतमा मोडलको रूपमा देखिएकी हुन् । साम्राज्ञीलाई यस गीतमा मोडल देवांश राणाले साथ दिएका छन् ।

गायिका नेहा आरएल शाह अभिनेत्री साम्राज्ञी आरएल शाहकी आमा हुन् । साम्राज्ञीले आफ्नी आमाले गाएको गीत भएर नभइ गीतको मर्म बुझेर र गीत राम्रो लागेर आफूले अभिनय गरेको बताएकी छिन् ।

तिमी र म बोलको गीतको भिडियो बुधबार दिउँसो च४ बजे बोधी एचडी यूटुब च्यानलबाट सार्वजनिक हुने बताइएको छ । बोधी एचडी यूटुब च्यानलका लागि रमेश एमके पौडेलको प्रस्तुतिमा निर्माण भएको यो भिडियोको निर्देशन विशेषदेव पाण्डेले गरेका हुन् । विराज गौतमले लेखेको यो गीतमा संगीत पनि गौतमकै रहेको छ ।

गायन क्षेत्रमा नेहा पहिले सक्रिय नभएता पनि अब भने सक्रिय रूपमा लाग्ने भएकी छिन् । यसअघि उनले गाएको ‘मेरो मनको सपना र फूली फूल्यो बोलको गितले प्रशंसा पाएको थियो । नेहाको आवाजमा रेकर्ड भएको र रिलिज हुन बाँकी आधा दर्जन गीतहरू क्रमशः सार्वजनिक गरिँदै जाने जानकारी नेहाले दिइन् ।

भारतीय संगीत गुरूसँग चार वर्ष शास्त्रीय संगीतको प्रशिक्षण लिएकी गायिका नेहा जीवन र जगतसँगै माया, साथ अनि जीवन संघर्षका गीत गाउन बढी मन पराउने बताउँछिन् ।