पाँच सयले बढ्यो सुनको मूल्य

पाँच सयले बढ्यो सुनको मूल्य



नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु. ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार २०० तोकेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला रु. ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला रु. २० ले वृद्धि भइ एक हजार २७५ पुगेको छ ।