एफएनसीसीआईमा ढकाल समूहका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

एफएनसीसीआईमा ढकाल समूहका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित



नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन शुरु नहुँदै दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन आज कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित दुवै केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका रहेका छन् ।

यसअघि मोरङ व्यापार सङ्घको कार्यकारी सदस्यसमेत रहनुभएका राउत हाल नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश नं १ का उपाध्यक्षसमेत हुन् ।

त्यस्तै, अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल इन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष हुन् । अग्रवाल एशोसिएटतर्फबाट च्याम्बरअन्तर्गत निर्विरोध भएको महासङ्घले जनाएको छ ।