इन्डोनेसियाका समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले गिरफ्तार गरेको छ ।
समुद्री झिँगाहरूको ओसारपसारसम्वन्धी विवादास्पद नीतिमा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई गिरफ्तार गरिएको हो ।
इन्डोनेसियाको भ्रष्टाचार निवारण आयोगका उच्च अधिकारीले राजधानी जाकार्तामा बुधबार बेलुका पत्रकार सम्मेलन गरी मन्त्री प्राबोवोलाई गिरफ्तार गरिएको जानकारी दिएका हुन् ।
मन्त्री प्राबोवोले ओसारपसारसम्बन्धी निर्णय गर्ने क्रममा आयातकर्ताहरूसँग मिलेर झण्डै ६ लाख ९५ हजार ६५५ अमेरिकी डलर भ्रष्टाचार गरेको आयोगका अधिकारीहरूले दाबी गरेका छन् ।
बुधबार बिहान उनलाई आयोगका अधिकारीहरूले कार्यालयमा उपस्थित हुन आग्रह गर्दा मन्त्री दम्पत्तिका लागि अस्वीकार गरेपछि उनलाई अपरान्ह गिरफ्तार गरिएको जनाइएको छ ।
मन्त्रीसँगै सात जनालाई आयोगले काण्डका बारेमा सोधपुछ गर्न लागेको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।
मन्त्री प्राबोवोलाई प्रहरीले पक्राउ गरेपछि राष्ट्रपति जोको विडोडोले अर्का मन्त्री लुहुत पन्जैतानलाई समुद्री तथा मत्स्यमामिला मन्त्रालयको समेत जिम्मेवारी दिएका सिन्ह्वाले जनाएको छ ।
प्रतिक्रिया