नियम पालना नगरे नयाँ वर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी

नियम पालना नगरे नयाँ वर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी



बोलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् ।

बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि उनले विभिन्न नियमहरु बनाएको स्मरण गराउँदै उनले ती नियमहरुलाई सबैले राम्रोसँग पालना गर्नुपर्ने चेतावनी दिएका हुन् । प्रधानमन्त्री जोनसनले यदि सरकारले बनाएका ती नियम र विधिहरुलाई नमान्ने अवस्था आयो भने त्यसबाट आगामी नयाँ वर्षको समयमा पुनः अर्को लकडाउन गर्न बाध्य बन्ने धारणा राखेका सिन्ह्वाले जनाएको छ ।

नयाँ वर्षको अवसरमा बेलायतका नागरिकले हाल सरकारले बनाएका नियमहरुको उल्लंघन गर्ने काम भयो भने सरकारले फेरि अर्को प्रकारको लकडाउन पनि गर्नसक्ने उनले बताएका हुन् ।

बिहीबार पत्रकार सम्मेलनका क्रममा सो कुरा बताउँदै उनले महामारी बढिरहेका बेला हाल नयाँ हिसाबले बेलायतको सरकारले नियमहरु बनाएकोले त्यसलाई पालना हुन नसकेको पनि जानकारी दिए ।

उनका अनुसार अहिलेको अवस्थामा नागरिकले नियमको पालना गरेनन् भने त्यसले आगामी दिनमा थप समस्या ल्याउने र यदि त्यस्तो अवस्था आउने देखियो भने नयाँ वर्षको अवसरमा देशव्यापी रुपमा लकडाउन गर्नुपर्ने पनि हुन सक्ने उनको भनाई थियो ।