गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट विश्वभर १४,८२,२४० व्यक्तिको मृत्यु भएको छ भने हालसम्म ६,३८,०७०६५ व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये ४,६९,५,७०० व्यक्ति कोरोनामुक्त भएका एएफपीले जनाएको छ ।
भाइरसको संक्रमणबाट मंगलबार एकै दिनमा विश्वभरी १३,१८६ जनाको मृत्यु भएको छ भने ६,२५,३०१ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिका, दोस्रोमा मेक्सिको र तेस्रोमा र इटाली रहेका छन् ।
अमेरिकामा मङ्गलबार एकै दिनमा २,५६२ जनाको मृत्यु भएको छ भने मेक्सिकोमा ८२५ र इटाली ७८५ को मृत्यु भएको छ । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २,७०,६९१ जनको मृत्यु भएको छ । अमोरिकामा १,३७,२६,३०६ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ती मध्ये ५२,२६,५८१ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।
अमेरिकापछि ब्राजिलमा १,७३,८१७ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ६३,८६, ७८७ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १,३८,१२२ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ९४,०९,४१३ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
मेक्सिकोमा यस भाइरसका कारण १,०६,७६५ जनाको मृत्यु भएको छ भने ११,२२,३६२ जना सङ्क्रमित भएका छन् । संयुक्त अधिराज्यमा ५९,०५१ जनाको मृत्यु भएको छ भने १६,४३,०८६ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।
चीनमा कोरोना भाइरसबाट ८६,५०० भन्दा बढी व्यक्ति संक्रमित भए भने ४,६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।एएफपीले विश्व स्वास्थ्य संगठनको स्रोतबाट बाहिर ल्याएको यस तथ्याङ्कमा सम्भवतः संक्रमणको वास्तविक संख्याको केही अंश मात्र देखाएको जानकारी दिएको छ । धेरै देशहरूले केवल लक्षण वा गम्भीर प्रकारको बिरामीको मात्र परीक्षण गरिरहेका जनाइएको छ ।
प्रतिक्रिया