टर्कीमा भएको असफल सैनिक ‘कू’आवद्व ७६ व्यक्ति पक्राउ

टर्कीमा भएको असफल सैनिक ‘कू’आवद्व ७६ व्यक्ति पक्राउ



टर्कीमा सन् २०१६ प्रयास गरिएको असफल सैनिक ‘कू’मा आवद्व रहेको आशंका गरिएका कम्तीमा ७६ जना व्यक्तिलाई पक्राउ गरिएको छ । देशभर गरिएको सुरक्षा कारबाहीको क्रममा ती व्यक्तिहरु पक्राउ परेका हुन् ।

टर्कीको पश्चिमी प्रान्तमा इज्मिरका अभियोक्ताको आदेशको आधारमा आतङ्कविरुद्ध र गुप्तचर निकायका अधिकारीहरुको सहयोगमा ६६ जना पक्राउ परेका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यम आनाडोलुले जानकारी दिएको छ ।

प्रहरीले केही रकम, नक्कली कागजात र डिजिटल सामग्री पनि बरामद गरेको आनाडालुले प्रशारण गरेको समाचारमा बताइएको छ । बताइएअनुसार मध्य प्रान्त एस्किसेरमा गरेको छुट्टै अनुसन्धानमा सेनामा घुसपैठ गरेको आरोपमा अन्य १० जना संदिग्ध व्यक्तिहरुलाई पक्राउ गरिएको छ ।

सन् २०१६ को जुलाईमा भएको असफल सैनिक कूको अमेरिकामा शरणमा बस्दै आएका टर्कीज धर्मगुरु फेतेउल्लाह गुलेनलाई टर्की सरकारले दोषारोपाण गर्दै आएको छ ।