भारतमा छिट्टै कोभिडविरुद्धको खोप शुरुआत गर्ने मोदीको खुलासा

भारतमा छिट्टै कोभिडविरुद्धको खोप शुरुआत गर्ने मोदीको खुलासा


भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार भन्दा बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार भन्दा बढी भएको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

भारतमा बिहीबार थप ३६ हजार ५९५ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार ५५९ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ९० लाख १६ हजार २८९ व्यक्ति संक्रमणमुक्त भएका छन् ।

बताइएअनुसार हाल ४ लाख १६ हजार ८२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिनमा ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २७औं दिन हो । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजार १८८ पुगेको छ ।

भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली रहेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड ४७ लाख २७ हजार नमूना परीक्षण गरेको जनाएको छ ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ भाइरसका विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा मोदीले सो कुराको जानकारी दिदिएका हुन् ।

भारतीय वैज्ञानिकहरुको हवाला दिँदै प्रधानमन्त्री मोदीले आगामी केही हप्तामा नै कोभिडका विरुद्धको खोपको शुरुआत गर्ने बताए । यसका भारतीय वैज्ञानिकले निकै मेहनत गरेको पनि उनले सो अवसरमा बताएका थिए ।

अबका केही हप्तामा भारतमा पनि कोरोना भाइरस विरुद्धको खोप दिन सकिनेगरी तयारी गरिएको बताउँदै भारतीय वैज्ञानिकहरुले सबैभन्दा पहिला यो खोप कसलाई दिने भनेर सरकारले गृहकार्य गरेको पनि प्रधानमन्त्री मोदीले जानकाी दिए ।

यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोभिडको उपचारमा खटेका जनशक्ति, बृद्धबृद्धाहरु र यसका विरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी उनले गराए ।