भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो



भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

भारतमा शुक्रबार थप ३६ हजार ६३५ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ८ हजार २१८ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ९० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

बताइएअनुसार हाल ४ लाख ९ हजार ८६० व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३० औं दिन हो । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५०९ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजार ७०० पुगेको छ ।

भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा १८ लाख ४२ हजार रहेको ५७७ संक्रमित र भइसेकेका छन् । संक्रमणको कारण यहाँ ४७ हजार ५९९ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको कारण दोस्रो प्रभावित दिल्लीमा ५ लाख ८६ हजार १२५ संक्रमित भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ५८ लाख ८५ हजार नमूना परीक्षण गरेको जनाएको छ ।