समिर, आर्यन र वर्षाको ‘हतार’लाई ‘बाबा’को साथ

समिर, आर्यन र वर्षाको ‘हतार’लाई ‘बाबा’को साथ



■ राजन घिमिरे


बाबा ऐजुकेसन कन्सल्टेन्सीले उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरूको विश्वास मात्र जितेको छैन, प्रवासमा नेपाली समाजसँग आवद्ध भएर विभिन्न विधा वा क्षेत्रमा आफ्नो उपस्थिति पनि दर्शाउँदै आएको छ ।

शिक्षासँगै मनोरन्जन र नेपाली कला, साहित्य, संगीत तथा चलचित्र विधालाई अष्ट्रेलियामा विस्तार गर्न बाबा एजुकेशन र आरकेएस अष्ट्रेलियाले आफ्नो ब्यानरमार्फत लामो समयदेखि पु¥याउँदै आएको योगदानको चौतर्फी प्रशंसा हुने गरेको छ । यसैबीच बाबा ऐजुकेसन कन्सल्टेन्सी र आरके अष्ट्रेलियाको सहभागितामा गायक समिर आचार्यको म्यूजिक भिडियो हतारमा मंगलबारदेखि बजारमा आएको छ ।

चलेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतको जोडी रहेको यो भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । सिनेमाको पर्दामा यो जोडीलाई देख्न नपाएका दर्शकहरूलाई यो भिडियोले केही मात्रामा भए पनि राहत प्रदान गर्ने देखिन्छ । गायक समिर आचार्यले दुइवटा एल्बम र दुई दर्जन गीत बजारमा ल्याई सकेका छन् । विशेष गरेर फास्ट बिटका गीत–संगीतमार्फत श्रोताहरू माझ स्थापित भएका समिरको यो नयाँ एल्बमले पनि बजार तताउने देखिन्छ । ‘गायक समिरको क्रेज र उनको यो गीतको वजन बुझेर नै हामीले सहभागिता जनाएका हौँ’– बाबा ऐजुकेसन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियाका सिइओ रवीन्द्रकुमार शर्माले भने ।

गायक समिर आचार्यलाई विशेष गरेर ‘दुनियाँ बेग्लै छ…’ र ‘पिच रोड…’ बोलको गीतले नेपाली सांगीतिक क्षेत्रमा चर्चामा ल्याएको थियो ।