‘प्ले ब्वाई’ प्रिटी माइकको अनौठो खुलासा

‘प्ले ब्वाई’ प्रिटी माइकको अनौठो खुलासा



एक वैवाहिक समारोहमा ६ वटी गर्भवती महिला साथ लिएर पुगेका नाइजेरियाका प्रिटी माइक यतिबेला विश्वव्यापी रूपमा भाइरल बनेका छन् । विवाह समारोहका बीच प्रिटीले ती ६ वटै महिलाको गर्भमा हुर्किरहेका बच्चाको बाबु आफू भएको दाबी गरेपछि उनी भाइरल बनेका हुन् । ती आधा दर्जन महिलाका साथ खिचाएको तस्बिर सोसल मिडियामा राखेपछि उनी विश्वभरि चर्चित बन्न पुगेका हुन् ।

प्रिटी माइक आफ्नो साथी अभिनेता विलियम्स उचेम्बाको विवाह समारोहमा गर्भवती अवस्थाका ती ६ वटी महिलाका साथ पुगेका थिए । त्यहाँ उनले ती सबै महिला आफ्ना प्रेमिका भएको र उनीहरूको गर्भमा हुर्किरहेका बच्चाको बाबु आफू नै भएको दाबी गरे । महिलाहरू पनि उनको दाबीको स्वीकारोक्तिमा मुस्कुराइरहे । यसपछि वैवाहिक कार्यक्रममा नव दुलाहा–दुलहीको भन्दा पनि उनीहरूकै बढी चासो र चर्चा भैदियो । दुलाहा–दुलही भन्दा पनि उनीहरूलाई हेर्नेको भीड लागेपछि विलियम्सको विवाह नै खल्लो बन्न पुगेको थियो ।

प्रिटी माइक नाइजेरियामा ‘प्ले ब्वाई’को रूपमा चर्चित छन् । यसअघि पनि उनी विभिन्न यस्तै हर्कत गरेर चर्चामा आएका छन् । सन् २०१७ मा युवतीहरूको आपत्तिजनक अवस्थाका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका कारण माइक पक्राउसमेत परेका थिए ।

प्रिटी माइकले आफू अहिले सबैभन्दा खुशीको जीवन यापन गरिरहेको सामाजिक सञ्जालमार्फत बताएका छन् । प्ले ब्वाइ छवि भएका उनले आफ्नो ग्लैमरस लाइफका तस्बिरहरू अहिले पनि सामाजिक सञ्जालमार्फत् एक्सपोज गर्दै आएका छन् । इन्स्टाग्राममा प्रिटीका तीन लाखभन्दा पनि बढी फलोअर्स रहेका छन् ।