सत्तारुढ नेकपाको बहुप्रतिक्षीत स्थायी कमिटि बैठक बालुवाटारमा केहीबेर बसेर स्थगित भएको छ । आगामी बुधबार पुनः बस्ने गरी बैठक स्थगित भएको हो ।
सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेकपा केन्द्रीय कमिटि सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गरेर एकैक्षणमा नै बैठक सकिएको हो ।
बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली सहभागी हुने नहुनेमा संशय व्यक्त गरिएको भए पनि अध्यक्ष ओली सहभागी भएका थिए । उनको सहभागिताकै निम्ति धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटार सारिएको थियो ।
यसअघि स्थायी कमिटी बैठक मंसिर २१ गते बसेको थियो, जहाँ ओली अनुपस्थित भएका थिए । सो दिन दुई पृष्ठ लामो पत्र पठाएर अध्यक्ष ओलीले आफ्नो उपस्थिति दर्शाएका थिए । त्यो दिन पनि बैठक केहीबेर मात्रै बसेको थियो ।
प्रतिक्रिया