भारतमा कोरोना सङ्क्रमित ९९ लाख ३२ हजार भन्दा बढी

भारतमा कोरोना सङ्क्रमित ९९ लाख ३२ हजार भन्दा बढी



भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबारसम्म ९९ लाख ३२ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २६ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३८७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ९६ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख ५६ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा ३ हजार ३२ हजार सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड-१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ५६ लाखको हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् ।