महिलाको रहर पुर्‍याइदिँदा राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना

महिलाको रहर पुर्‍याइदिँदा राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना



मास्क नलगाई सेल्फी खिचाउँदा भाइरल बने राष्ट्रपति !

कोरोना भाइरस महामारीका कारण लगाइएको प्रतिबन्धात्मक नियम उल्लङ्घन गरेको अभियोगमा चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३५ सय डलर जरिवाना गराइएको छ ।

डिसेम्बर महिनाको पहिलो साता एक महिलाका साथ राष्ट्रपति पिन्येराको एक सेल्फी तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उक्त तस्बिर लिँदा न राष्ट्रपतिले मास्क पहिरिएका थिए न त तस्बिरमा देखिएकी महिलाले नै ।

तस्बिर भाइरल भएपछि माफी माग्दै राष्ट्रपतिले काचागुवा शहरस्थित समुद्री तटमा एक महिलाले आफूसँग सेल्फी लिन चाहेकोले आफूले उनको इच्छा पूरा गरिदिएको स्पष्टिकरण दिएका छन् । सो अवसरमा आफूले मास्क नपहिरिएर गल्ती गरेको उनको स्वीकारोक्ति छ ।

ज्ञातव्य छ, कोरोना महामारीका कारण चिलीमा कडा प्रतिबन्ध लगाइएको छ । त्यहाँ सार्वजनिक स्थानमा मास्क पहिरिनु अनिवार्य गरिएको छ ।

यति मात्र नभई चिलीमा मास्क नलगाउनेलाई भारी जरिवानाका साथ जेल सजायसम्मको प्रावधान छ । ल्याटिन अमेरिकी देश चिलीमा कोरोनाका कारण हालसम्म १६ हजार भन्दा धेरै व्यक्तिको ज्यान गइसकेको छ ।