भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब एक करोड एक लाख

भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब एक करोड एक लाख



भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबारसम्म एक करोड एक लाखको नजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २३ हजार ९५० नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ९९ हजार ९५० पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ४४४ जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ९३९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र २५ जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ । भारतमा कोभिड-१९ शुरु भएयता भाइरस संक्रमणको कारण १० हजार ३२९ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख ३८२ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८९ हजार २४० सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड-१९ परीक्षणलाई तिब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ४२ लाख ६८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ को खोप केही हप्ताभित्रै तयार गर्ने गरी कार्य भइरहेको बताएका छन् ।