दुवै मौसममा प्रयोग गर्न मिल्ने सिजीका एसी बजारमा

दुवै मौसममा प्रयोग गर्न मिल्ने सिजीका एसी बजारमा



नेपालको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत खपतका एसीहरू बजारमा उपलब्ध गराएको छ । सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेष त बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

सिजीले हालै आफ्ना सबै ग्राहक वर्गका लागि ‘हर मौसममा बचत’ नामक योजना ल्याएको छ । जसको उद्देश्य यो जाडो याममा जीवन सरल, सहज बनाउँदै विद्युतमा पनि बचत गराउनु रहेको बताइएको छ ।

कम्पनीका अनुसार अधिक एसीको प्रयोगले गर्दा जाडो मौसममा विद्युतको शुल्क अधिक आउने गरेको र यसले ग्राहकहरूलाई जाडो सहनु पर्ने वा चर्को शुल्क तिर्न वाध्य बनाउँछ । तर सि.जी इन्भर्टरका एसीका साथ यस जाडोमा ग्राहकहरूले न्यानो प्राप्त गर्नेछन् भने विद्युतमा बचत पनि गर्नेछन् ।

सिजी ब्राण्डका इन्भर्टर एसीहरू किफायती दाममा सर्वत्र बजारमा उपलब्ध छन् । सिजी ब्राण्डका जाडोमा प्रयोग हुने घरायसी समानहरू उच्च गुणस्तरको भरपर्दो र टिकाउ छन् ।

सि.जी.का एसीहरू तीन प्रकारमा विभाजन गरिएको छ । जसमा इन्भर्टर वाल माउन्ट, स्प्लिट टाइप एसी, अन अफ वाल माउण्न स्प्लिट टाइप एसी र सिलिङ क्यासेट टाइप एसी रहेका छन् । यी एसीहरू ०.७५ टन देखि ३.० टनसम्म उपलब्ध भएकोले ग्राहकले छानि–छानि आफ्नो आवश्यकताअनुरुप लिन सक्नु हुनेछ ।

सिजीका एसीहरूमा ५ वर्षको वारेण्टी पाउनुका साथै काठमाडौं क्षेत्रभित्रमा २४ घण्टाभित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ ।