जापानमा ज्वालामुखी विस्फोट

जापानमा ज्वालामुखी विस्फोट



विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानको दक्षिण पश्चिमी टापुमा सोमबार बिहान ज्वालामुखी विस्फोट भएको छ । एजेन्सीका अनुसार विस्फोटबाट ज्वालामुखीमा जलेका ठूला चट्टानहरु १.३ किलोमिटर टाढासम्म पुगेका थिए ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार विस्फोट बिहान २ बजेर ४८ मिनेटमा खागोशिमामाको सुवानोसेजिमा टापुमास्थित माउन्ट ओताकेमा भएको हो । मौसम विज्ञान एजेन्सीले ज्वालामुखी विस्फोटको गतिविधिको सतर्कता चेतावनीलाई अधिकतम ५ मध्ये तेस्रो स्तरमा राखेको छ।

विस्फोटको कारण भएको चोटपटक वा क्षतिको बारेमा भने कुनै जानकारी पुष्टि भएको छैन ।

सोमबार विस्फोट हुनुअघि एजेन्सीले टापुमा रहेको ज्वालामुखी हालै सक्रिय भइरहेको चेतावनी जारी गरेको थियो । उक्त टापुमा सानो जनसंख्या रहेको छ र आवासीय क्षेत्र ज्वालामुखी विस्फोट भएको स्थानभन्दा चार किलोमिटरमात्र टाढा रहेको छ।

मौसम एजेन्सीका अधिकारीहरुले ज्वालामुखी विस्फोट भएको स्थानको दुई किलोमिटर वरपरका क्षेत्रमा ठूला चट्टानहरू खस्ने र ज्वालामुखी अझै विस्फोट हुने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।