अधिकारकर्मी हथलौललाई साउदी अदालतद्वारा जेल सजायको फैसला

अधिकारकर्मी हथलौललाई साउदी अदालतद्वारा जेल सजायको फैसला


सायदी अरबको एउटा अदालतले एक चर्चित महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ ।

चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो ।

उनलाई आतङ्कवादसम्बन्धी अपराधमा संलग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ती महिला अधिकारकर्मीले आतङ्वादविरुद्धको कानुन उलङ्घन हुने गरी धेरै गतिविधिहरू गरेको सरकारी पक्षको दाबी छ ।