बादलमाथि गम्भीर शङ्का !

बादलमाथि गम्भीर शङ्का !



गृहमन्त्रीको हैसियतमा रहेका रामबहादुर थापा बादल केपी शर्मा ओलीको पक्षमा उभिनुलाई रहश्यमयी मानिएको छ ।

केपी र प्रचण्डसँग समदूरीको सम्बन्ध कायम राख्दै आएका बादल प्रचण्डपक्षमै हुने विश्वास गरिएको थियो र, उनका खास हितैषी मानिएका देव गुरुङ र पम्फा भुसालसँगको निरन्तर छलफलपछि उनी प्रचण्ड पक्षमा लाग्ने सम्भावना पनि बढेको थियो । तर अन्त्यमा प्रचण्डसँग विशेष वार्तालाप भएपछि बादल कैपीकै पक्षमा उभिन पुगेका हुन् । झट्ट हेर्दा प्रचण्डसँग कुरा नमिलेर बादल केपीतिर उभिएजस्तो देखिन्छ, तर यसको रहश्य अर्कै भएको बुझिन्छ ।

प्रचण्डहरू सडक सङ्घर्षमा या चुनावमा जानेबाहेकका विकल्पमा अहिलेसम्म छैनन् । सङ्घर्ष या निर्वाचन दुवैमा गृहमन्त्रालयको भूमिका महत्वपूर्ण रहने निश्चित छ । र, बादलले समेत मन्त्रिमण्डल छोड्ने हो भने उनको स्थान ‘एमाले’ कित्ताका कसैले लिने झन् निश्चित छ । क्याबिनेटमा हुने छलफल तथा निर्णयबारे जानकारी लिन, सङ्घर्षमा जाँदा बल प्रयोग नगराउन र निर्वाचन हुँदा प्रहरी प्रशासनलाई अनुकुल बनाउन बादल गृहमन्त्री रहँदा सजिलो हुने भएकोले प्रचण्डसँगकै सल्लाहमा उनले केपीको ‘पक्ष लिएको’ विश्वास गरिएको छ ।

बादलको ठाउँमा ‘एमाले’तिरका कोही गृहमन्त्री हुँदा आफूले ठूलो मूल्य चुकाउनुपर्ने त्रास पनि प्रचण्डमा पैदा भएको बताइन्छ । त्यसैले बादललाई केपीले उपप्रधानमन्त्रीसहितको दर्जा दिएर अरु जुनसुकै मन्त्रालयको जिम्मेवारी दिए पनि उनले ‘गृह’ छोड्नु परेपछि केपीलाई पनि छोड्न सक्ने ठानिएको छ ।