बदला लिन सशस्त्र समूहद्वारा नाइजेरियाली गाउँमा आक्रमण, कम्तीमा ७० सर्वसाधारणको मृत्यु

बदला लिन सशस्त्र समूहद्वारा नाइजेरियाली गाउँमा आक्रमण, कम्तीमा ७० सर्वसाधारणको मृत्यु



मालीको सिमाना नजिक पर्ने अफ्रिकी मुलुक नाइजरको पश्चिमी तिल्लाबेरी क्षेत्रको नाइजेरियाली गाउँहरूमा शनिबार एक सशस्त्र हतियारधारी समूहले आक्रमण गर्दा कम्तिमा ७० नागरिकको मृत्यु भएको र अन्य २० जना घाइते भएका छन् ।

स्थानीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै सिन्ह्वाले आइतबार जनाएअनुसार मोटरसाइकलमा ठूलो सङ्ख्यामा आएका आक्रमणकारीहरूले आफ्नो समूहका दुई नेता मारिएको बदलामा गरेको हिंसात्मक आक्रमणमा ती निहत्था गाउँले मारिएका हुन् ।

आतङ्ककारी उक्त समूहका दुई सदस्य गाउँलेहरूसँगको झडपमा मारिएका थिए । नाइजरको यो भाग हालका वर्षहरूमा हिंसात्मक आक्रमणबाट निकै प्रभावित क्षेत्र हो ।