१५ जना आइसियुमा
कोरोना भाइरसबाट सङ्क्रमित भएर लेबनानमा १० चिकित्सकको मृत्यु भएको छ ।
कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरु १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् ।
लेबनानको चिकित्सासम्वन्धी एउटा सबैभन्दा ठूलो संस्थाका प्रमुख रहेका चाराफ अबोले ‘महामारीले नराम्ररी सताउने छ, सबै आम नागरिक अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक छ, स्वास्थ्यकर्मीहरुले पनि काम गर्दा उच्च सतर्कता अपनाउनु पर्छ’ भन्ने अभिव्यक्ति दिएका छन् ।
लेबनानमा बिहीबार मात्रै ४,७७४ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ४,६९९ रहेको अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी पछिल्लो दिन थप १६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या एक हजार ५६६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया