राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएको त्यहाँको निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ ।
आयोगका अध्यक्ष रहेका न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणामअनुसार मुसेभेनीले खसेको कूल मतसङ्ख्याको ५८.६४ प्रतिशत मत प्राप्त गरेको निर्वाचन परिणाम सार्वजनिक गर्न शनिबार आयोजना गरिएको एक कार्यक्रममा औपचारिक घोषणा गरे ।
नयाँ कार्यकालका लागि निर्वाचित वर्तमान राष्ट्रपति मुसेभेनीको निकटतम प्रतिद्वन्द्वी बोबी वाइन भनिने रोबर्ट क्यागुल्यानीलाई ३४.८३ प्रतिशत मत हासिल भएको बताइएको छ ।
राष्ट्रपतिमा तेस्रो स्थानमा प्रजातान्त्रिक परिवर्तन पार्टीका नेता तथा विपक्षी नेता प्याट्रिक अमुरियटले जम्मा ३.२४ प्रतिशत मत प्राप्त गरेको बताइएको छ ।
सन् १९८६ देखि युगाण्डाको सत्तामा रहँदैआएका म्यूसेभेनीको जीतले उनको शासनलाई अर्को पाँच वर्षका लागि वैधानिकता दिएको छ ।
प्रतिक्रिया