ट्याङ्करसँग ठोकिएर बसमा आगलागी हुँदा क्यामरुनमा ५३ को मृत्यु

ट्याङ्करसँग ठोकिएर बसमा आगलागी हुँदा क्यामरुनमा ५३ को मृत्यु



यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा बुधबार कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको शव पूरै जलेको अवस्थामा रहेकोले उनीहरूको पहिचान गर्न नसकिएको स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

स्थानीय समयअनुसार देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको र दुर्घटनामा परेको बसमा ७० सिट रहेको बताइएको छ ।

सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ ।