वैशाखमा हुने निर्वाचनबाट अस्थिरताको खेती गर्न चाहनेहरुको दाउपेच चकनाचुर हुने प्रधानमन्त्रीको दाबी

वैशाखमा हुने निर्वाचनबाट अस्थिरताको खेती गर्न चाहनेहरुको दाउपेच चकनाचुर हुने प्रधानमन्त्रीको दाबी



वर्तमान सरकारको तीन वर्ष पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीनवर्षे कार्यकालको उपलब्धिको चर्चा गर्नुअघि आफ्नो नेतृत्वमा सरकार गठन भएको आजबाट १ हजार ९३ दिन अर्थात् ३ बर्ष पूरा भएको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन भएको र नयाँ निर्वाचनको मिति तोकिएको विशेष परिस्थितिमा प्रेस ब्रिफिङ गर्नुपरेको प्रष्ट्याएका छन् ।

एकातिर जनताको उच्च आकाङ्क्षा सम्बोधन गर्नुपर्ने, अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अलमलिए झैँ सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना हुन पुगेको प्रष्ट्याउँदै प्रधानमन्त्री ओलीले सकेसम्म अल्मल्याउने, अल्मल्याउन नसके निहुँ खोजेर कामै गर्न नदिने तहमा आफ्नै दलका साथीहरु उत्रिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुअघि आफूले धेरै पटक सोचेको खुलासा गर्दै प्रतिनिधिसभा विघटनको सिफारिसलाई ‘संविधान विपरीत, जनादेशको अपहेलना, प्रतिगमन…’ जस्ता आपत्तिजनक आरोप लगाइएकोमा आफू आश्चर्यचकित भएको बताउाँदै उनले आफ्नो कार्यकालमा भएका कामहरुबाारे जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको स्टेटमेन्टमा नेपाल अन्तराष्ट्रिय स्तरमा देखिने, सुनिने, बोलाइने र पत्याइने मुलुकको रुपमा स्थापित भएको दाबी गरिएको छ । ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ नारासहित अघि बढेको परराष्ट्र नीतिको कारण यो कुरा सम्भव भएको उनको टिप्पणी छ । आफ्नो कार्यकालमा १२ बाट कुटनीतिक सम्बन्ध स्थापना हुने मुलुकको संख्या १६८ पुगेको र १५ मुलुकसँग द्धिपक्षीय परामर्श संयन्त्र स्थापना भएको प्रधानमन्त्रीले खुलाएका छन् ।

प्रधानमन्त्रीले विभिन्न देशमा आफ्नो भ्रमण र विभिन्न मुलुकका सरकार एवं राष्ट्र प्रमुखको नेपाल आगमनलाई उपलब्धीको रुपमा चर्चा गरेका छन् । चीनका राष्ट्रपतिको नेपाल भ्रमण २३ वर्षपछि भएको, भारतका प्रधानमन्त्रीको एउटै कार्यकालमा ४ पटक नेपाल भ्रमण भएको उनले स्मरण गराएकाा छन् ।

यस्तै चीनसँगको यातायात पारबहन सम्झौतापछि नेपालको अवस्था भूपरिवेष्ठितबाट भूजडित मुलुकका रुपमा फेरिएको उल्लेख गर्दै प्रम ओलीले नेपालले नाकाबन्दीको सामना गर्नुपरेको अवस्थालाई अन्त्य गरिदिएको समेत चर्चा गरेका छन् ।

कोभिड-१९ महामारीले गर्दा विश्वस्तरको नेपाली फोरम सगरमाथा संवाद रोकिएको र यसलाई सुचारु गर्ने समेत प्रधानमन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस ब्रिफिङ जस्ताको तस्तै :