प्राकृतिक चिकित्सा पनि हो यौन
- डिल्लीराम अम्माई, बेल्जियम

समयको गति र जीव जगतको नियतिको आरोह-अवरोहसँगै प्राणी जगतको विकासक्रम पनि परिवर्तित स्वरूपमा अगाडि बढिरहन्छ । जीव जगतको विकासमा यौनको अत्यन्त महत्वपूर्ण स्थान हुन्छ । यौनबिना प्राणी जगतको विकास-प्रवाह सम्भव छैन । सम्पूर्ण जीवका यौनसम्बन्धी आ-आफ्नै प्राकृतिक र अनुवांशिक गुणहरू हुन्छन् । कतिपय समय र विकासक्रममा बदलिन्छन् र अझ उन्नत भएर देखा पर्दछन् । मानव यौन-जीवनचक्रका पनि केही प्राकृतिक र अनुवांशिक विशेषताहरू छन् र उपरिसंरचनाका कारण केही ढिलो गरी बदलिने क्रममा छन् ।
यौन मनोदशालाई प्रख्यात मनोविद् सिग्मन्ड फ्रायडले तीन दशकभन्दा बढीको अनुसन्धानबाट निष्कर्षमा पुऱ्याएका हुन् । उनले एउटा शिशु जन्मेदेखि मृत्युसम्म मानिसका पाँच यौन चरणलाई क्रमशः ओरल, गुदा, लिङ्ग पहिचान, विलम्ब र जननाङ्गमा विभाजन गरेका छन् । मानवले ती सबै उमेरअन्तर्गत कसरी यौनसन्तुष्टी प्राप्त गर्दछ भन्ने कुरा उनले ‘साइकोसेक्सुअल डेभलपमेन्ट’ (Psychosexual Development) भन्ने पुस्तकमा विस्तृत रूपमा व्याख्या गरेका छन्, जसलाई मानिसको आयुभरको यौनचक्र भन्न सकिन्छ । जसले हामीलाई मानव यौनको विकासक्रमबारे बुझ्न धेरै मद्धत गर्दछ ।
जीवको जीवनचक्रमा आएको अकल्पनीय रूपान्तरणबारे एउटा उदाहरणलाई लिउँ । पचास मिलियन वर्षअगाडि जमिनमा बस्ने आन्थ्राकोथेरेस (Anthracotheres) जातिको एउटा प्रजाति उभयचर हुँदै एउटा परिवार आधुनिक जीव हिप्पोमा विकास भयो भने अर्को पाकिसेटस र इन्डोहायस हुँदै आधुनिक ह्वेल, डल्फिन, ओटर र सिलमा रूपान्तरण भएको जीव–वैज्ञानिकहरूले पत्ता लगाए । शुरुमा त्यो जाति मोनोगामस यौन प्रजातिभित्र भएको अनुमान गरिन्छ । ती जीवले आफ्नो पुरानो शारीरिक ढाँचा, बस्ने बासस्थान र खाने आहारा सबै परिवर्तन गरे तर त्यही अनुपातमा प्राकृतिक यौन चरित्रलाई बदल्न सकेनन् । उनीहरूका केही शाखा यौन चरित्रका हिसाबले अझै मोनोगामस रहेको विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । तर केही प्रजातिका डल्फिन र शिलहरू दुवै चरित्रको बीचमा छन् ।
यहाँ छलफल गर्न खोजिएको प्रसङ्ग मुख्य रूपमा मानिसको यौनिक विकास क्रममा सामिजिक विकासक्रमले कति फरक पार्छ भन्ने हो । संसारमा बाह्य जगतको परिवर्तनले जीव जगतको डिएनएमा प्रभाव पारेजस्तै उसले गर्ने क्रिया-प्रतिक्रियामा पनि क्रमशः फरक पार्दछ । उसका मौलिक आनीबानी, जिउने कला र सोचमा पनि सामाजिक विकासक्रमले रूपान्तरण गरिदिन्छ । त्यसले मानिसको मौलिक यौन चरित्र वा गुणलाई पनि बदल्न सक्ने तथ्यहरूबारे यहाँ चासो राखिएको हो । जसबारे जान्न पाउनु मानव यौनिक विकास प्रक्रियाबारे चासो राख्नेका लागि आवश्यक छ ।
वैदिक वा आदिम युगमा मानव यौन समाज खुल्ला रहे पनि धर्मनियन्त्रित अँध्यारो मध्ययुगमा यस्ता यौनिक छलफल अवैध मानिन्थे । यौनिक मनोविज्ञानको विकासमा मनोविद् डार्विनको खोजले मानव यौन मनोविज्ञानबारे एउटा क्रान्ति ल्याइदियो ।
शिकारी वा ढुङ्गेयुगको कविला समाजसम्म मानिसले आफ्नो यौनसाथी चिम्पान्जीले जस्तै बदलिरहन्थे । कृषियुगको शुरुवातले मानिस घुमन्तेबाट रैथाने र निजी सम्पतिको मालिक बन्न पुग्यो । त्यही सम्पत्तिको लोभले चाहना भए वा नभए पनि बाँच्नको लागि श्रम गरेका जोडी स्थायी रूपमा सँगै बस्न र एकल रूपले सहबास गर्न बाध्य भए ।
डार्विनको सिद्धान्त ‘Darwin, evolution, & natural selection’ अनुसार मानव विकास आधुनिक चरणसम्म आउने क्रममा धेरै आरोह-अवरोहहरू हुँदै अगाडि बढेको देखिन्छ । मानिसले कसरी आफूलाई हिमाली भेगदेखि मरुभूमिमा समेत बाँच्न सक्ने बनायो ? बानीको विकासमा उसले उद्गम स्थान अफ्रिका छोडेपछि फरक-फरक किसिमले आफूलाई रूपान्तरण गर्न सक्यो ? त्यसलाई आधुनिक मानवको विकासक्रमले समेटेको छ ।
‘याप’ मानवको आहार कन्दमुल, रुखका बोक्रा र चराका अण्डा थियो । बिन्दरथाल र होमोह्याबिलिस तीस लाख वर्षको विकासक्रममा कन्दमुल र मुख्यतया मासुमा निर्भर भयो । होमो सेपियन्सपछिको आधुनिक मानवले आफ्नो जीवनशैली र आहारबिहारमा परिवर्तन ल्याउन सके पनि त्यही अनुपातमा उसले आफ्नो यौन चरित्रको प्राकृतिक स्वभावमा बदलाव ल्याउन सकेको देखिन्न ।
आधुनिक मानिस एकल जोडीको बाध्यकारी कानुनमा बाँधिन बाध्य बनाइए पनि उसले किन एकल जोडीबाट पूर्ण यौन आनन्द लिन सक्दैन ? यसका केही कारणहरू छन् । एउटा कारण उसको यौनसम्बन्धी प्राकृतिक स्वभाव कस्तो थियो, कस्तो विकासक्रमबाट गुज्रियो र हालको मानव यौन मनोविज्ञान कस्तो छ भन्ने हो भने अर्को, जीवले प्रकृतिप्रदत्त केही गुणहरू बदल्न अन्य आनीबानीको तुलनामा ज्यादै लामो समय लिने भएकोले पनि हो । अहिलेसम्म खोजिएका वैज्ञानिक तथ्यहरूबाट के निचोडमा पुग्न सकिन्छ भने ब्वाँसो, फ्याउरो, वेभर्स (एक प्रकारको डल्फिन), अफर्स (शिल) जस्ता केही प्राणी र केही चराका प्रजातिहरूले आफ्नो यौन प्रवृत्तिलाई बदल्न त्यति प्रयास गरेनन् । ती आफ्नो युगभरि यौनिक प्रवृत्तिमा एकप्रति समर्पित रहिरहे । ती प्राणीहरूलाई समाज वैज्ञानिकहरूले मोनोगामस प्राणी भनेर नामाकरण गरेका छन् ।
याप मानवदेखि नै मानवको यौनिक विकासक्रमलाई हेर्ने हो भने मानिस मोनोगामस प्राणी नभइ बहु यौनसाथीसँग सम्भोग गरेर यौन आनन्द लिने वा यौनसाथी बदलिरहने ‘पोलिगामस’प्राणी हो । मानिसको प्राकृतिक गुणअनुसार जीवनभर एउटा यौनसाथीसँग सम्भोग गरेर उसले यौनिक सन्तुष्टि लिन नसक्ने प्रमाणहरू अन्त कतै खोजिरहनै पर्दैन । उसले आफ्नो यौनसाथीबाहेक अन्यसँग पनि सहबासको कल्पना गर्छ, उत्तेजित भइरहन्छ र सहबासको प्रयास गर्छ । तर कानुनी बाध्यता, परिस्थिति, सामाजिक प्रक्रिया र चेतनाको विकासक्रमले मानिसलाई क्रमशः पोलिगामसबाट मोनोगामसतर्फ घचेटिरहेको देखिन्छ । अहिलेको यौनिक चरित्रको कथित सङ्क्रमणकालिन अवस्था मानिसको प्राकृतिक र आनुवंशिकता गुणको विपरीत मात्र नभएर मानिसले मानिसमाथि शक्तिको आडमा थोपरिएको निजी सम्पतिवेष्ठित उपरिसंरचना, कथित धार्मिक, नैतिक र सामाजिक नीति–नियमहरूको बलजफ्ती परिणति हो । सामाजिक विकाससँगै मानिसको प्राकृतिक यौन प्रवृत्तिलाई एकै साथ बदल्न खोज्दा आएको भयानक हिंसामध्ये बलात्कार पनि एक हो । यौनको प्राकृतिक नियमलाई मानिसले प्राकृतिक रूपमा नै बग्न दिएको भए विभिन्न रोग, सामाजिक विसङ्गति र यौनहिंसाको जन्म नै हुने थिएन । यो खोजलाई त्यति गहिराइमा पुगेर बहस गर्ने साहस गर्नुलाई हाम्रो समाजमा अझै पनि दुस्साहसको रूपमा लिइन्छ ।
जीव विज्ञानमा बच्चा जन्माउने (Mammal) र फुल पार्ने जीवलाई वर्गीकरण गरेझैँ यौनरुचिको आधारमा पनि जीवहरूलाई एकल र बहुयौन आनुवंशिकताको गुण भएका भनेर वर्गीकरण गरिएको छ ।
मोनोगामस (Monogamous) ?
मोनोगामस भनेको जीवनभर एउटै मात्र विपरितलिङ्गी जोडीबीच यौन सम्बन्ध कायम गर्ने प्राणीलाई बुझाउँछ । त्यसैले मोनोगामस एकल प्राकृतिक तथा अनुवंशिक यौन गुण हो । जसको लागि जीवनभर एउटै यौसाथी प्रथम र अन्तिम हुन्छ । ब्यक्तिवादी समाज ब्यवस्थाले कृषि र दासयुगपछि मानव समुदायले पनि कृत्रिम दबाबवश यी गुणहरू विकास गर्दै लागेको देखिए पनि बहुविवाह, बेश्यागमन, बलात्कार वा अन्य स्वरूपमा मानिसले आफ्नो प्राकृतिक बहु यौनरुचि राख्ने स्वभाव पूर्ण रूपले बदल्न सकेको छैन । शास्त्रीहरूको तर्कअनुसार मानिसको सामाजिक कानुन वा चलन मोनोगामी भए पनि समाज मानिसको मनोविज्ञान यौनसाथी बदलेको कल्पना र सपनाबाट प्रायः उत्तेजित रहन्छ ।
जीव वैज्ञानिकले बताएअनुसार मोनोगामी जोडीहरू प्राकृतिक रूपमा चिन्ने तरिका उसको शारीरिक बनावटले हो । जसका भाले पोथीकै आकार समान हुन्छ र लिङ्ग तथा स्तनबाहेक अन्य तरिकाले पहिचान गर्न सकिँदैन ।
याप मानवदेखि नै मानवको यौनिक विकासक्रमलाई हेर्ने हो भने मानिस मोनोगामस प्राणी नभइ बहु यौनसाथीसँग सम्भोग गरेर यौन आनन्द लिने वा यौनसाथी बदलिरहने ‘पोलिगामस’प्राणी हो । मानिसको प्राकृतिक गुणअनुसार जीवनभर एउटा यौनसाथीसँग सम्भोग गरेर उसले यौनिक सन्तुष्टि लिन नसक्ने प्रमाणहरू कतै खोजिरहनै पर्दैन ।
अध्ययनले के देखाएको छ भने मानिस मात्र नभएर प्रकृतिमा रहेका प्राणीमध्ये ३ देखि ५ प्रतिशत जीवात्माहरू मात्र एक यौनसाथीसँग सम्भोग गर्ने प्राणीअन्तर्गत पर्दछन् । उनीहरूको यौनजीवनको अनुसन्धानबाट यो पत्ता लागेको छ कि पहिलो पटक छनौट गरेको जोडीमध्ये एक म¥यो वा हरायो भने बाँचेकोले जीवनभर अर्को यौन साथी खोज्दैन र यौन सम्पर्क पनि गर्दैन । अनुसन्धानले प्रमाणित गरेअनुसार जनावरमा फ्याउरो, ब्वाँसो, शिल र डल्फिन (अफर्स ) मात्र त्यो यौन वर्गमा पर्दछन् ।
यी सबै प्राकृतिक सत्यहरू पत्ता लगाउन यौन अनुसन्धानकर्ताहरूले पाँच हजार प्रजातिका जनावरहरूको यौनजीवनबारे अध्ययन-अनुसन्धान गरेका थिए ।
पोलिगामस (Poligamous) :
एकै समय वा फरक-फरक समय र स्थानमा फरक-फरक यौन साथीहरूसँग सम्भोग गर्न रुचाउने प्राणी पोलिगामस हो । ग्रिक शब्द पोलिगामिया (State of sex and marriage to many spouses) बाट पोलिगामी शब्द आएको हो । मोनोगामी वर्गका प्राणीले एक यौन साथीसँग जीवन बिताइदिन्छ भने पोलिगामी यौन वर्गको विशेषता बहु यौनसाथी बनाउनु वा बनाउने चेष्टा गरिरहनु हो । यो वर्गका भालेपोथी समान हुँदैनन् । यो वर्गका भाले वा पुलिङ्गीहरू पोथी वा स्त्रीलिङ्गी भन्दा १० प्रतिशत अग्ला र २० प्रतिशत शारीरिक वजन बढी भएका हुन्छन् । उनीहरूको लिङ्ग पहिचान गर्न त्यति गाह्रो हुँदैन । हेर्दै स्त्री र पुरुष फरक देखिन्छन् ।
प्राकृतिक अधिकार भर्सेज सामाजिक नियम र शक्ति :
मानिस शक्तिशाली शासकहरूद्वारा लादिएका कथित नैतिक, सामजिक र धार्मिक नीति–नियमहरूको परिबन्दले निर्धारण गरेको विभेदकारी एकल यौन जीवन पद्धति (केवल स्त्रीको लागि मात्र बाध्यकारी) लाई अपनाउँदै आइरहेको देखिन्छ । अहिले विकसित र चेतनशील देशहरूमा समान र सहमतिमा उन्मुक्त यौन स्वतन्त्रताका बारेमा छलफल र बहस घनिभूत रूपमा हुँदै आएका छन् । उनीहरूले सबै किसिमका ब्यक्तिवादी र सामान्तवादी सामाजिक ब्यवस्थाले निर्धारण गरेका अन्यायपूर्ण दबाबहरू तोडेर यौनको प्राकृतिक बहावलाई नरोक्न आह्वानसमेत गरेका छन् ।
समाजशास्त्रीका मतानुशार यौनलाई वर्तमान समाज व्यवस्थाले जतिसुकै गोप्य, घिनलाग्दो, कसैलाई भन्नै नहुने रहश्यमयी बनाउन खोजे पनि मानिस फरक–फरक अवस्थामा बहु यौनसाथीसँग सम्भोगको बाटोमा लुकेर भए पनि हिँड्न छोडेको छैन । आफ्नो निजी पत्नी वा पतिबाहेक अन्य सुन्दर वा सुन्दरीसँग यौनिक रूपमा लालायित भैरहने, फरक-फरक यौनसाथी बनाएर विभिन्न आसनको यौन कल्पना गर्दै यौनरस बगाइरहने र यौनसाथी बदल्ने चेष्टामा तरङ्गित भइरहने स्वभाव विकासक्रमको युगान्तकारी अन्तरालमा विकास गरेको गुण हो ।
समाजशास्त्रीका अनुसार मानवको आधुनिक समुदाय एकल यौन बाध्यतातर्फ धकेलिनुका पछाडि केही बाध्यताहरू छन् । तिनै बाध्यताहरूले मानव विकासको पछिल्लो चरणमा आफ्ना यौनिक अधिकारबारे आवाज उठिरहेको छ । निजी सम्पत्तिको प्रादुर्भाव, बच्चा जन्मदर अधिक भएकोले हुर्काउने निजी दायित्व, कथित धार्मिक र सामाजिक अन्धता आदि कारणले मानिसले यौनसाथी छनौट र यौन स्वतन्त्रता गुमाएको हो । कृषियुगको शुरुवातले मानिस घुमन्तेबाट रैथाने र निजी सम्पतिको मालिक बन्न पुग्यो । त्यही सम्पत्तिको लोभले चाहना भए वा नभए पनि बाँच्नको लागि श्रम गरेका जोडी स्थायी रूपमा सँगै बस्न र एकल रूपले सहबास गर्न बाध्य भए ।
शिकारी वा ढुङ्गेयुगको कविला समाजसम्म मानिसले आफ्नो यौनसाथी चिम्पान्जीले जस्तै बदलिरहन्थे । यौनको लागि महिलाको स्वीकृति निर्णायक हुन्थ्यो । त्यस्तै समुहको सबैभन्दा बलवान पुरुष मात्र स्त्रीको रोजाइमा पर्दथे । त्यसैले त्यो बेला जन्मेका बच्चा अधिक स्वस्थ र बलिया हुन्थे । जन्मेका सबै बच्चाहरू आमाको माया र सामुहिक रेखदेखमा हुर्कन्थे ।
त्यो बेला यौनको लागि अनुबांशिक र प्राकृतिक अदृष्य नियम थियो । त्यहाँ दबाबमुलक वैधानिक नियमकानुन हुन्थेन । दुवैको इच्छाअनुशार यौनसाथी रोजेर सम्भोग कार्य सम्पन्न हुन्थ्यो भने अर्को पटक पुरानै यौन साथीसँग सम्भोग गर्न कोही बाध्य हुँदैनथे । आवश्यकताअनुशार यौनसाथीको छनौट र सम्भोग गर्न महिला र पुरुष स्वतन्त्र हुन्थे । पुरुषमाथि प्रकृति हाबी थियो र महिलाको स्वीकृति सर्वस्वीकार्य हुन्थ्यो ।
यौन शोषण र दासताको शुरुवात कसरी र किन भयो ?
जब सामुहिक उत्तरदायित्व र सामुहिक जीवनपद्धतिबाट मानिस ब्यक्तिगत सम्पत्ति र ब्याक्तिबादी जीवन पद्धतितर्फ बाध्यतावश बदलिने परिस्थिति बन्यो, उनीहरूले राज्य वा त्यस्तै प्रकारको आफूनियन्त्रित क्षेत्रको घोषणा गरे । त्यसपछि सामुहिक जीवन पद्धति छिन्नभिन्न भयो । त्यो बेलाको जोडी र त्यो जोडीको स्त्रीबाट जन्मेका बच्चा लिएर मानिसले आफ्नो बास बनायो । आमा बच्चाको स्याहारमा लाग्ने र बाबु खेतीपातीका साथै खानाको जोहोमा लाग्ने कार्यले जीवन पूर्ण रूपमा ब्यस्त हुनुपर्ने परिस्थिति सृजना भयो । त्यही निजी सम्पत्ति र तात्कालिक दायित्वले मानिसलाई आफ्नो प्राकृतिक अधिकार र रुचि स्थगित गर्न बाध्य बनायो ।
ती सबै बाध्यताको कारण एक खालको परिस्थिति भए पनि मानिस एउटै यौन साथीबाट पूर्णतः अझैसम्म तृप्त हुन सकेको देखिँदैन । उसको प्राकृतिक पोलिगामस चरित्र यथावत छ । तृप्त भएजस्तो देखिने उसको दमित बाध्यता हो ।
समाज, सम्भोग र प्रेमबारे :
संसारमा सबैभन्दा धेरै आकर्षण यौनिकतातर्फ नै देखिन्छ । संसारभर अहिलेसम्म लेखिएका साहित्य र गीतमध्ये दुई तिहाइ भन्दा बढी यौनिकताउन्मुख छन् । लेख्नेहरूले पनि आ-आफ्नो मनोविज्ञानको प्रतिनिधित्व गरेर लेख्ने हुन् । ब्यक्तिवादी अधिपत्यलाई कायम राख्न बनाइएका कथित धर्म, संस्कृति, कानुन र अनगिन्ती सामाजिक बाध्यताहरूले लेखक, दार्शनिक र साहित्यकारको मनोविज्ञानलाई पनि दबाबमा पारेको हुन्छ । माथिबाट लादिएको दबाबका कारण मुस्लिमबाहुल्य तथा पूर्वीय समाजका अनगिन्ती मानवहरू यौनबारे खुलेर कुरा गर्न सक्दैनन् । खुल्ला रूपमा यौन चाहनाबारे आफ्नो छनौटको साथीसँग समेत इच्छा प्रकट गर्न सक्दैनन् । यौनसाथी फेर्नुपर्ने कारणबारे गरिने बहस त झन् टाढाको कुरा भयो । खुल्ला रूपमा यौन चाहना पूरा गर्ने बहस किन हुन सक्दैन ? यौन स्वतन्त्रता आहार खोज्ने स्वतन्त्रता भन्दा कमजोर किन बनाइयो ? आखिर त्यो पनि प्राकृतिक आवश्यकता न हो । पश्चिमी समाज यौनको बहसमा यसरी खुल्ला हुँदैछ र अब यौन प्राकृतिक गुणअनुशार बग्न दिनुपर्छ भन्ने मान्यता पनि स्थापित हुँदैछ ।
तर धार्मिक रुढीग्रस्त समाजमा स्वतन्त्र रूपमा यौनसाथी छनौट गर्नबाट वञ्चित गरिन्छ । यौन आवश्यकतालाई धार्मिक, वर्गीय र जातिय आधारमा वैध र अवैधको बिल्ला भिराएर हिंसा गर्ने र ज्यान समेत लिने गरिन्छ । प्राकृतिक नियमअनुशार सहमतीय सहवास, साथीको छनौट र यौन चाहना ब्यक्त गर्ने अधिकार स्वतन्त्र छ । शुद्ध यौन चाहनाले प्रस्ताव प्रेरित छ र सम्बन्ध प्रेमपूर्ण छ भने त्यो यौन प्राकृतिक रूपमा वैध हो । त्यसको लागि विवाह वा सामाजिक मर्यादा पूरा गर्न जरुरी छैन ।
सम्भोग सधैंभरि सबैलाई स्वर्गीय आनन्द दिने प्राकृतिक शारीरिक संघर्षण क्रिया हो । जसमा स्त्री–पुरुषको समान भूमिका, रुचि र त्याग हुनु जरुरी हुन्छ । त्यसैले सम्भोग अधिकार हो भने एकभोग (एकको चाहनामा मात्र हुने, बलात्कार) अपराध ।
सामाजिक घर्षणको कारण दमित चाहनाहरू बाँध फुटेझैँ कलमको सहाराबाट बाहिर निस्कन्छन् जसलाई हामी साहित्य वा यौन साहित्य भन्दछौँ । प्रेम या यौन साहित्यको मूल कारण पनि कथित ब्यक्तिवादी सामाजिक नैतिकताले हाम्रो प्राकृतिक र जैविक अधिकार थिचिनुबाट बिष्फोट हुँदै गरेको मनोवैज्ञानिक विद्रोह हो ।
प्राकृतिक रूपमा स्वतन्त्रतापूर्वक यौनसाथीको छनौट र हेराफेरी गर्ने हाम्रो प्राकृतिक अधिकार हुँदाहुँदै पनि ब्यक्तिवादी समाजमा यौन आकर्षणका आयामहरू सामाजिक प्रचलन र ब्यक्तिगत रुचिअनुसार फरक पर्न सक्छ । तर सबै किसिमका यौन आकर्षणका शैलीहरूको केन्द्रिय महत्व भनेको सम्भोग हो ।
सम्भोग सधैंभरि सबैलाई स्वर्गीय आनन्द दिने प्राकृतिक शारीरिक संघर्षण क्रिया हो । जसमा स्त्री–पुरुषको समान भूमिका, रुचि र त्याग हुनु जरुरी हुन्छ । त्यसैले सम्भोग अधिकार हो भने एकभोग (एकको चाहनामा मात्र हुने, बलात्कार) अपराध । सम्भोगतर्फ जीव आकर्षित हुनुको मूल कारण त्यही चरम तृप्ति हो । सन्तान उत्पादनको लागि प्रकृतिले जीव जगतलाई त्यसैगरी आकर्षण, घर्षण, स्खलन र चरमानन्दको सृष्टिकला दिएको छ । त्यसको लागि जीवको प्राकृतिक स्वाभाव, रुचि, शारीरिक भिन्नता, यौनसाथी छनौटको तरिकासमेत प्रदान गरेको छ ।
यौनरुचि, हिंसा, अधिकार र बदलिँदो परिवेश :
यसअघि नै भनियो– मानव स्वभावैले दुईभन्दा बढी यौनसाथी छनौट गरेर सम्भोग गर्ने अनुवांशिक र प्राकृतिक गुण भएको प्राणी भए पनि समाजको बनौट, विकसित नीति–नियम, मानसिक विकास वा चेतनास्तर र उत्तरदायित्वको अभिवृद्धिसँगै मानिसको यौन परिवेश पनि निजी हुँदै गएको छ । चेतनाको वृद्धि मानिसमा मर्यादित, जवाफदेही र सुरक्षित यौन सम्पर्क गर्ने, यौन आनन्दसँगै सन्तान हुर्काउने दायित्वसमेत मात्र एक जोडीले पूरा गर्नुपर्ने भएकोले मानिसले आफ्ना प्राकृतिक यौनरुचिलाई क्रमिक रूपमा बदल्न बाध्य पारिएको छ ।
यौनको प्राथमिक आवश्यकता सन्तान उत्पादन मात्र नभएर चरम आनन्दको उपभोग गर्नु पनि हो । अहिलेको सामाजिक परिवेशअनुशार सन्तान हुर्काउनको लागि जोडी बदल्नु वा यौनलाई मात्र प्रधानता दिनु हितकर मानिँदैन । सामुहिक जीवन पद्धतिअनुशार बाँच्ने र बच्चा हुर्काउने जीवन पद्धति भत्किसकेकोले बाध्यतावश इच्छाअनुशार यौनसाथी बदलिरहने आफ्नो जैविक अधिकारलाई दबाएर बाँच्न आधुनिक मानव बाध्य छ ।
त्यसैले विकसित देशका समाजशास्त्रीहरूले प्राकृतिक यौनअधिकार मानिसको नैसर्गिक अधिकार भएकोले प्राकृतिक अधिकारलाई राज्यले मान्यता दिनुपर्ने आवाज उठाइरहेका छन् । यौन अधिकारको लागि अब सम्भोग क्रान्ति आवश्यक भएको तर्कसहित सेमिनार, अन्तरक्रिया र बहसलाई स्कुल, कलेज र सार्वजनिक सभाहरूमा घनिभूत बनाउँदै लगेका छन् । द्रुतगतिमा पश्चिमा राज्यहरूमा कानुनी मान्यताहरू पनि फेरिँदै गैरहेका छन् । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिने देशहरू धेरै भइसकेका छन् ।
स्वतःस्फुर्त, मर्यादित र सहमतीय आधारमा यौनसाथी छान्न र बदल्न पाउने अधिकार अबका केही दशकपछि पूर्ण रूपमा संसारभर स्थापित हुने मनोवैज्ञानिक र समाजशास्त्रीहरूको दाबी देखिन्छ । उनीहरूका अनुशार त्यसले सामाजिक बनौट र अधिकारको क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने छ । जसअनुशार अन्तरजातीय र देशीय सहवासले मानिसको नश्लीय रूपान्तरण हुने छ । त्यसले उन्नत मानव नश्लको विकास गरी संसारको मानव चेतनाको गुणात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ । अर्कोतर्फ जातिय, धार्मिक र अन्तर्राष्ट्रिय मानव नश्ल समाप्त गर्दै सम्पूर्ण मानवलाई भावनात्मक एकतासहितको विश्व–बन्धुत्वको अभियानलाई योगदान पु¥याउने छ ।
मनोविद फ्रायड भन्छन्, ‘चेतनाको विकास र अन्तरघुलनले यौनलाई लाज, घिन र संवेदनशील चारित्रिक अभिशापबाट बाहिर निकालेर पुजक, भोजन, निद्रा र शिक्षा ग्रहण कर्मजस्तै सम्मानित र मर्यादित रूपमा स्थापित गर्नेछ भने यौन स्वतन्त्रताबाट मानव अझ बढी मानवीय, सुखी, कर्तब्यनिष्ठ र शान्तिप्रिय बन्ने छन् ।’
समाजशास्त्रीहरूको भनाइअनुसार यौन–स्वतन्त्रताको बहसबारे एउटै मत नभए पनि ‘पूर्ण सम्भोग सन्तुष्टिबाट निस्कने अक्सिटोसिन हार्मोनले समाज, परिवार र प्राणी जगतलाई प्रेममय बनाउँदै सम्बन्धहरू आत्मिय र सुमधुर बनाएर लैजान्छ । यौनिक रूपमा सन्तुष्ट ब्यक्ति आफैमा मेहनती, धैर्यवान र आत्मविश्वासी हुन्छ । ठिकविपरीत यौनिक रूपमा असन्तुष्ट ब्यक्ति अधैर्य, अविश्वासी, झगडालु र मनोरोगी हुन्छ’ भन्ने कुरामा एकमत देखिन्छन् ।
नष्ट गरिनु पर्छ परम्परागत अवैज्ञानिक विवाह पद्धति :
दास युगपछि भित्रिएको छनौट स्वतन्त्रताबिनाको यौन संकुचन र यौन दासताको प्रतीक परम्परागत वैवाहिक शैली तहसनहस बनाइनुपर्छ ।
पहिलो कारण– त्यसले धार्मिक मात्र नभएर जातिय विभेदलाई पनि अधिकतम् बढावा दिएको छ । एउटै जातविशेषसँग मात्र विवाह गर्न अनुमति दिने त्यो विवाह पद्धति नश्लीय विकास र अन्तरघुलनको बाधक मात्र बनेको छैन, त्यसले बलात्कार, हिंसा र मानवबीचको प्राकृतिक र मानवीय सद्भावलाई बलजफ्ती भत्काउँदै लागेको छ । जातिय द्वेष, यौन हिंसा वा शोषण, विभेद र सती, दाइजो, देउकी, कुमारीलगायतका प्रथा यौन स्वतन्त्रताविरुद्धका कुरा हुन् । समाजशास्त्रीको मतानुशार यी सब परम्परागत विवाहको फोहरबाट पैदा भएका सामाजिक रोग हुन् ।
दोश्रो– आफ्नो बच्चा स्वच्छ, स्वस्थ र सुन्दर बाबुबाट जन्माउने, आमाको इच्छाअनुशार बच्चाको सङ्ख्या अडकल्ने र समाजमा आमाको प्राकृतिक अधिकारलाई स्थापित गराउने प्रणालीलाई परम्परागत विवाह पद्धतिले समाप्त पारिदिएको छ भने महिलालाई भीष्म पितामहद्वारा यौनदासीको रूपमा अपहरित अधिकारविहीन अम्बा, अम्बिका र अम्बालिकामा बदलिदिएको छ । जसको कारण विवाहरूपी पाप चक्रब्युहमा पिल्सिएर हजारौँ अपहरित अम्बारूपी महिला र बालिकाहरू आत्महत्या गर्न विवश छन् ।
स्वतःस्फुर्त, मर्यादित र सहमतीय आधारमा यौनसाथी छान्न र बदल्न पाउने अधिकार अबका केही दशकपछि पूर्ण रूपमा संसारभर स्थापित हुने मनोवैज्ञानिक र समाजशास्त्रीहरूको दाबी देखिन्छ । उनीहरूका अनुशार त्यसले सामाजिक बनौट र अधिकारको क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने छ ।
तेश्रो– जन्मेको सन्तानलाई बाबुले अँगालेको कथित धर्मको आधारमा निर्णय गर्न लगाएर संसारमा एकछत्र दानवीय कोलाहल मच्चाइएको छ । आमालाई उसको स्वास्थ्य, समय र रुचिको ख्याल गर्न नदिएर धार्मिक अनुमतिको बलात्कारद्वारा सन्तानमाथि सन्तान थुपारिएको छ । पृथ्वीमा एक प्राणीको विकास र अन्य प्राणी तथा वनस्पतिको विनासले प्राकृतिक चक्रिय सन्तुलन समाप्त पार्दै लगिएको छ । जुन हानिकारक मात्र नभएर आत्मघाती पनि छ । यदि आमामा सन्तानसम्बन्धी निर्णय अधिकार हुन्थ्यो भने संसारमा अन्य प्राणीको प्राकृतिक अधिकार यसरी समाप्त पारिने थिएन ।
चौथो– पुरुषप्रधान समाजले यौन स्वतन्त्रतालाई पुरुषमा मात्र सीमित गरिदिएर यौन हिंसालाई बढावा दिएको छ । यौनहिंसालाई ढाकछोप गर्न यौनलाई लुकाउनुपर्ने लाज कर्म बनाइएको हो । यौनलाई लुकीकर्म बनाएपछि धार्मिक गुरुकुलमा ब्रम्हचारीद्वारा, चर्चमा पादरीद्वारा, गुम्बामा लामाहरूद्वारा, मस्जिदमा मुल्लाद्वारा, राजघरानामा राजा र उसका उच्च रजौटाद्वारा गरिने सम्पूर्ण बलात्कारहरू लुकाउन सजिलो भयो । त्यही कारण हो, सामाजिक सदभावसहितको प्राकृतिक यौनलाई लाजलाग्दो बोल्न, भन्न र देखाउन नहुने कर्म बनाउनुको अर्थ । यौन परिपूर्तिको सहज प्राकृतिक अधिकारको मार्ग विभिन्न कारणले थुनिदिएर बाध्यकारी विवाहले यौन स्वतन्त्रताको मानव अधिकार समाप्त पारेको छ ।
त्यसैले कथित आधुनिक युगको उपभोक्तावादी समाजले पछ्याएको बववाहिक पद्धतिको छहारीमा लुकाइएको बलात्काररूपी यौन-आतङ्क अमानवीय छ । त्यो बजारमा बेच्न राखिएको यौन अपराधभन्दा अझै डरलाग्दो छ । अत त्यो बाध्यतापूर्ण बववाहिक यौन हिंसा, पद्धति र त्यसपछि हुने अनेकथरीका दबाबमूलक गोप्य यौन संस्कारलाई खारेज गर्नु जरुरी छ ।
यौन जस्तो परम आनन्द र स्वर्गानुभूतिको प्राकृतिक वरदानलाई दासयुगसँगै हिंसात्मक र गोप्य बनाउँदै लगियो । त्यसको प्रमुख कारण हरूवा कविला पक्षका दुवै लिङ्गीको यौन स्वतन्त्रतालाई समाप्त पार्नु थियो । हरूवा कविला महिलामाथि हुने यौन बर्बरता मानिसले देखे भने विद्रोह हुन्छ भन्ने भय आततायी वर्गलाई थियो । त्यसैले त्यो यौन बर्बरता कायम राख्न उनीहरूले अँध्यारो र असहजताको बाटो रोजे ।
सम्भोग जस्तो पुज्य र श्रृष्टिको माध्यमलाई गोप्य र रहस्यमय बनाइयो । सत्ता र शक्तिको दुरूपयोग गरेर अपहरण र लुटको सहारामा मालिक वर्गले यौनलाई कब्जा गऱ्यो । त्यसलाई प्रकृतिको बहावसँग बग्न दिइएन । यौनलाई बर्बरता र सनसनीपूर्वक लुट्न थालियो । यौनलाई युद्धमा, जुवामा र राजघरानाका नाचघरमा तमासा देखाउने साधन बनाइयो ।
यस्ता अनगिन्ती घटनाहरू इतिहासदेखि अहिलेसम्म आदर्श र बहादुरीपूर्ण मानिँदै आएको छ । त्यसैले ती सबै मान्यताहरू स्थापित गर्नुको उद्देश्य भनेको मानवको स्वतन्त्रतापूर्वक यौनसाथी खोज्ने र स्वतन्त्र यौन सम्बन्ध कायम गर्ने अधिकारलाई समाप्त पार्नु हो ।
पुरुष र महिला दुवैमा हुन्छ लुकिछिपी नयाँ यौनसाथीसँग यौन चाहना मेट्ने चाहना
मानव यौन चरित्रका अनगिन्ती उदाहरण :
‘मानिस कुन यौन वर्गमा पर्छ ?’ को उत्तर समाजशास्त्रीहरूले आफैलाई सोध्न आग्रह गर्दै भन्दछन्- ‘बाहिर अन्य सुन्दरीलाई देख्दा पुरुषको मनमा यौनचाहना प्रकट हुन्छ । घरमा श्रीमतीले थाहा पाउँछिन् भनेर मात्र उ तर्सिन्छ । यो नियम महिलामा पनि लागु हुन्छ । त्यो फरक यौन स्वादको लागि प्रकट भएको यौनभोकलाई उनीहरू निमोठ्न बाध्य हुन्छन् । त्यसैले भनिन्छ, प्रेम र यौन फरक कुरा हुन् । प्रेममा बासनाको समेत स्वार्थ हुँदैन भने बासनामा यौन तृष्णा बढी हुन्छ । तर प्रेमले मानवताको विशाल द्वार खुला गरिदिन्छ, जसमा सबैतिर समानता बाहेक केही हुँदैन । एउटा कुरा के पनि सत्य हो भने प्रेमबाट यौन सन्तुष्टिसहित पारिवारिक र सामाजिक दायित्व पनि पूरा हुन सक्छ । प्रेमको समानताले यौनसाथीको छनौटमा महत्व राख्दैन, आकर्षणपछि यौनसाथीको छनौट, सन्तुष्टिको मापन, पुनः यौनसाथीको छनौट यौनिक स्वतन्त्रताबाट मात्र सम्भव छ ।
यौनहिंसा यौन स्वतन्त्रताको बाधाबाट उत्पन्न हुने हो । यो कतिपय नबुझेर पनि हुन्छ । रामेछापको एउटा विवश दाजुले आफ्नो पति विद्रोहमा गुमाएकी बैनीको लागि कृत्रिम यौन खेलौना किन्न बाध्य भएको घटनाले त्यही देखाउँछ । वर्षौसम्म उसकी बहिनीको यौन हार्मन उत्सर्गनको प्रक्रिया रोकिएर मानसिक असन्तुलन हुने रोग शुरु भयो । धामी झाँक्री, डाक्टर, औषधि मुलोले ठिक नभएपछि आफ्नै रोगी भाउजूको ‘विवाह गरिदिए ठिक हुने’ आग्रहलाई दाजुले समाधान गर्न सकेनन् र राजधानी आएर ३५०० रूपैयाँमा कृत्रिम पुरुषलिङ्ग किनेर लगे । उनकी श्रीमतीले पीडितलाई प्रयोगमा सहयोग गरिन्, पछि उनकी बहिनीको यौन-हिस्टेरिया सन्चो भयो । त्यस्ता अज्ञानताको कारणले हुने समस्यालाई समेत यौनहिंसा भन्छन् समाजशास्त्रीहरू । त्यो समस्या कतिपय यौन हार्मोन बढी भएका अविवाहित युवतीहरूमा पनि हुन्छ । त्यसको प्राकृतिक उपचार यौन सम्पर्कमार्फत हार्मोनको उत्सर्गन हो । सामाजिक ब्यवस्थाले यौन चाहनाबारे बताउने, खुल्ने अनुमति नदिएकै कारण त्यो घटना भएको हो ।
अर्कोतर्फ हाम्रा घरमा हुर्केका चेलीहरूलाई विवाहपूर्व पति मरेको वा नभएको अवस्थामा यौन स्वतन्त्रताको अनुमति दिँदैन । त्यो गलत मात्र नभएर यौनहिंसा हो । यौन प्राकृतिक चिकित्सा पनि हो । उपयुक्त केटासँग अविवाहित वा पति गुमाएकाहरूले यौन सम्पर्क गर्नुलाई अपराध मान्नु हुँदैन । बरु त्यो बारेमा अभिभावक वा आमाले यौनसम्बन्धी सुरक्षा सतर्कता अपनाउने सल्लाह दिनुपर्छ ।
यौनसम्बन्धित सबै कुराहरू गर्न नहुने वा छाडा हुँदैनन् । यसै विषयमा केही दिन अगाडि एउटा असजिलो अध्ययन भयो । भर्खर १२ कक्षामा पढ्ने मिलिसालाई १८ वर्षपछि गर्न हुने नहुनेबारे के थाहा छ भनेर सोधियो । उनले स्वाभाविक शैलीमा भनिन्- ‘उनकी आमा बार्बाराले भनेकी छन् उनी आगामी हप्ता १८ वर्ष पुगेपछि यहाँको चलनअनुशार थोरै अल्कोहल लिनेछिन् र उपयुक्त केटा साथीसँग यौन सम्पर्क गर्ने छिन् । उनलाई सुरक्षित यौन सम्पर्कबारे गुरुआमा र आमाले भरपुर सिकाएका छन् । उनलाई यौनसम्पर्क गर्ने तीव्र इच्छा छ । तर लामो समय त्यही केटासँग बित्छ वा बित्दैन, केही महिनाको संगतपछि आमासँग छलफल गरेर निर्णय गर्ने छिन् । केटाले यौन सन्तुष्टि दिन सक्छ कि सक्दैन ? त्यो जाँच्ने छन् । संगतले उ कस्तो प्रकारको केटा हो ? खराब बानी के-के छन् ? त्यसलाई दीर्घकालिक रोग छ कि छैन ? रगतको समूह के हो जान्नको लागि तीन महिना समय लाग्ने छ । उसँग नबसी त्यो जाँच्न सम्भव हुँदैन त्यसैले उनी ऊसँगै केही समय बस्ने छिन् । अस्पताल केटासँगसँगै जाने छिन् । पुराना रिपोर्टहरूबारे डाक्टरसँग बहस हुनेछ । घरायसी अवस्थाको जानकारी लिएर आमासँग बहस हुने छ ।’
उनले भनिन्, ‘कमसेकम ६० प्रतिशत गुणहरू समान नभए तीन महिनामा उसलाई उनले हार्दिकतापूर्वक बिदाइ गर्नेछिन् ।’ यसरी पश्चिमा परिवारमा सहमतिमा हुने जुनसुकै प्रकारको सम्भोगलाई अपराध मानिदैन । मिलिसाको आमा पनि पूर्वशिक्षक हुन् भने उनको बुबा वकिल । यहाँ पहिलो पटकको यौनपछि सितिमिति विवाह हुँदैन । यौन शिक्षा र तालिम प्राप्त चेलीहरूले यौनसाथीको पूर्ण परिक्षणपछि मात्र निर्णयमा पुग्छन् भने केटाहरूको हकमा पनि त्यही सत्य हो ।
पौराणिक कालका महर्षि याज्ञवल्क्य, दसरथ, कृष्ण राधा र अनन्त गोपिनीसँगको यौनसम्वाद र सम्भोग पुजनीय हुन सके पनि अहिलेको सहमतीय सम्भोगलाई विचारै नगरी अपराधीकरण गरिन्छ ।
हाम्रो पूर्वीय संस्कार यौन शिक्षाका हिसाबले युरोपभन्दा धेरै तल छ । यो संस्कार हिन्दू, बुद्ध र मुस्लिम धार्मिक मान्यताबाट प्रभावित भएकोले मात्र त्यस्तो भएको हैन, मुलभुत कारण शिक्षा प्रणाली हो । यौन शिक्षा जस्तो जीवनोपयोगी शिक्षा अहिलेसम्म लागु भएको छैन । यौनबारे बहस हुँदा गिल्का छोडेर हाँसोमा उडाइन्छ । त्यसको महत्वलाई मजाक ठानिन्छ ।
हामीले पढ्ने गरेका र सुन्ने गरेका यौनसम्बन्धी कुरा रामायण, महाभारत र पुराणहरूका मात्र हुन् । महाभारतमा उल्लेखित द्रौपदीको विवाहपश्चात् यौनतृप्तिको प्रसङ्ग होस् या कुमारी अवस्थामा सत्यवती र ऋषि परासर साथै विवाहपछि सत्यवती र सन्तनुको यौन दिनचर्याको कुरा होस्, ती सबैलाई क्षम्य र सम्मानित कर्म मानिन्छ । तर त्यही कर्म समाज वा घरमा घट्यो भने अपराधीकरण गरि ज्यान लिने-दिनेसम्मको अवस्था बन्दछ । हामीले यौनकर्मलाई सबै कर्मबाट अलग गरेर नहेरेसम्म त्यसभित्रको पवित्रता देखिँदैन ।
पौराणिक कालका महर्षि याज्ञवल्क्य, दसरथ, कृष्ण राधा र अनन्त गोपिनीसँगको यौनसम्वाद र सम्भोग पुजनीय हुन सके पनि अहिलेको सहमतीय सम्भोगलाई विचारै नगरी अपराधीकरण गरिन्छ । हाल नेपालमा जंगबहादुर अगाडि र पछाडि कुन राजा राणा, भारदार र मुखियाका एउटा मात्र यौन साथी छन् ? त्यस्तै, महिलाहरूमा पनि लुकिछिपी आफ्नो पवित्र यौन चाहना मेट्ने गरेका उदाहरणहरूलाई आधार बनाएर दुष्ट्याइँपुर्वक समाचार बनाउने गरिन्छ । पुरुष अधिपत्य भएको र महिलालाई यौन स्वतन्त्रता नदिई आफूले मात्र भोग्न खोजेका उदाहरणहरू अनगिन्ती छन् ।
यौन सम्बन्धहरू वैध र अवैध कसरी हुन्छन् ?
एउटा पुरुष वा महिलाले आफूलाई मन परेको वा छनौटमा परेको साथीसँग सुरक्षित यौनसम्बन्ध कायम गर्नु पटक्कै अपराध हैन । त्यो उसको प्राकृतिक आत्मनिर्णयको अधिकार हो । तर हाम्रो उपभोक्तावादी र ब्यक्तिवादी समाजमा कुनै पनि अप्राकृतिक बन्धन तोडेर गरिने यौन सम्बन्धलाई अपराध मानिन्छ । जुन मानवअधिकारको आधारमा अर्को जधन्य अपराध हो । यही बन्धन र सम्बन्धले गर्दा संसारभर सयौँ हत्या र यौन हिंसाका घटनाहरू घट्ने गरेका छन् । अझ मुस्लिम समाजमा यौन स्वतन्त्रताको अवस्था अत्यन्त नाजुक छ । त्यो समाजमा केटीलाई शिक्षा ग्रहण गर्ने र आफ्नो यौनसाथी चुन्ने न्युनतम स्वतन्त्रतासमेत दिइएको छैन । जहाँ महिलाको अवस्था अझै नारकीय छ ।
महिलाहरूमा यौनिक स्वतन्त्रता नहुनु एक वर्गविशेषको यौनिक दमन हो । यदि मानिसको प्राकृतिक, अनुबांशिक र वैज्ञानिक कारणलाई आधार मान्ने हो भने मानिस पूर्ण रूपमा पोलिगामी प्राणी हो । लामो अध्ययनपछि निचोड निकाल्दै वासिङ्टन विश्वविद्यालयकी प्रोफेसर प्रख्यात समाजशास्त्री पेपर स्खुक्सले भन्छिन्, ‘I didnot think we are a monogamous animal. A really monogamous animal is a goose, which never mates again even if its mate killed. Monogamy is invented for order and investment but not necessarily because it is natural.’
सन्दर्भ स्रोत : The social control of sexuality by John Delamater, A report The sexual Revolution by Tan W. Smith, Make a love not war by David Allyn, Sexual liberation is not the same thing as sexual Equality by Danielle crittelle, Darwin, evolution, & natural selection
प्रतिक्रिया