राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान

राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान


राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नुभएको छ । नेपाल सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो ।

मन्त्रिपरिषदको बैठकले यही फागुन २३ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार सिफारिस पत्र पेस गरेको र लगत्तै राष्ट्रपति कार्यालयले बैठक आह्वान गर्नुभएको हो ।