डोजरले माटो फाल्दा पुरिएर एक महिलाको मृत्यु

डोजरले माटो फाल्दा पुरिएर एक महिलाको मृत्यु



विकाश रौनियार, धादिङ

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटोले पुरिएर एक महिलाको मत्यु भएको छ ।

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा माटोले पुरिएर त्रिपुरासुन्दरी गाउँपलिका वडा नम्बर १ का ४५ वर्षीय सरस्वती कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक अरुण कुशवारले जानकारी दिनुभयो ।

सडक निर्माणको क्रममा माटो फालिरहेको बेला बाटो पार गर्ने क्रममा महिला पुरिएको हो । घटनापछि शवको पोष्टमार्टमका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।