प्रेमले मनोरोगी बनाउँछ

प्रेमले मनोरोगी बनाउँछ


०६७ सालमा मिस टिन झापाको अवार्ड हात पारेपछि काठमाडौं छिरिन् दीक्षा भण्डारी । कलाकारिता क्षेत्रमा लागेर उच्च स्थान बनाउने उनको सपनाले यतिबेला क्रमश: मर्ूतरूप पाइरहेको छ । झापाकी देवी काठमाडौं छिरेपछि भएकी छिन् दीक्षा ।
० नामचाहिँ किन फेरेको ?
– नाम फर्ेर्ने त खास चाहना थिएन, तर काठमाडौंमा आएर नयाँ पहिचान बनाउने रहर भएकोले नयाँ नाम राखेकी हुँ ।
० के गरिँदै छ त अहिले ?
– अहिले त प्लस टु अध्ययनरत छु अनि नृत्य र जिम पनि सिकिरहेकी छु ।
० भनेपछि अब सिनेमा क्षेत्रमा जमेर नै लाग्ने सोच लिइयो होइन त ?
– सोच मात्र होइन । अब त जीवनको महत्त्वपूर्ण उद्देश्य भनेकै सिनेमा क्षेत्रमा जम्ने हो ।
० यसबीचमा के गरियो त ?
– मैले पहिलोपटक नै ठूलो पर्दाको चलचित्र ‘तिमीले दिएको माया’ मा नायिकाको भूमिका निभाउन पाएँ । म निकै खुसी छु ।
० कसरी खेलियो त यो सिनेमा ?
– यो चलचित्रका लागि एकजना नयाँ युवतीको खोजी भइरहेको रहेछ । यसै क्रममा ‘तिमीले दिएको माया’ कि निर्मात्री सुनिता शर्मा दिदीले मेरो फोटो हेरेपछि ओके गरिदिनुभयो ।
० सिनेमा क्षेत्रमा लागेर को जस्तो बन्ने इच्छा छ ?
– सुन्दरतामा करिश्मा अनि काम र चर्चाको हिसाबले रेखा थापा ।
० यी दुईजनाबाट किन नि प्रभावित ?
– करिश्मा दिदी हाम्रो अग्रज अनि रेखा दिदी अभिनय र कामको हिसाबले निरन्तरता । धर्ैय भन्ने पाठ पनि यिनीहरूबाट सिक्न सक्नुपर्छ ।
० दीक्षासँग प्रेमको भिक्षा माग्नेहरू छन् कि छैनन् नि ?
– अहिलेसम्म छैनन् र म आउन पनि दिन्नँ । प्रेमतिर लागियो भने मनोरोगी भइन्छ । अनि रोग लागेको मान्छेले केही काम पनि गर्न सक्दैन ।
० कस्तो छ त तिमीले दिएको मायामा भूमिका ?
– निकै राम्रो छ । पहिलोपटक नै मैले यस्तो रोल पाउँछु भन्ने सोचेकी पनि थिइनँ । यसका लागि निर्मात्री दिदी सुनिता शर्मालाई धन्यवाद दिन्छु ।
० सिनेमाबाहेक अरू केही… ?
– सिनेमाबाहेक म अरू सोच्नै सक्दिनँ र अब सोच्दिनँ पनि । यही नै हो मेरो लक्ष्य
अनि ध्यान ।

रेखाको फोटो राखेर युवकसँग च्याटचुट् !
सधैं चर्चामा आइरहने एकजना नायिका हुन् रेखा थापा । रेखाका हरेक क्रियाकलाप यतिबेला समाचार बन्ने गर्छन् । उनको जीवनमा यस्तै एउटा अचम्मको समाचार बन्यो यो हप्ता । कुरा हो नयाँ बानेश्वरमा रहेको एउटा साइबरको हो ।
आफ्नो नयाँ चलचित्र ‘अन्दाज’ लाई युरोपमा रहेका नेपालीमाझ प्रदर्शन गर्ने चाँजोपाँचोमा व्यस्त रहेकी छिन् उनी । यसै सिलसिलामा कागजपत्र जम्मा गर्ने क्रममा सो साइबरमा रेखा अनुहार अरूले नचिन्ने गरी कालो चश्मा र मास्क लगाएर छिरिन् पासपोर्ट फोटोकपी गर्न । पासपोर्टको फोटोकपी भइरहेको थियो । त्यत्तिकैमा एउटा कुनामा एक युवती फेसबुकमा च्याटिङमा व्यस्त थिइन् । रेखाको आँखा त्यो कुना मात्र पुगेन कि कम्प्युटर स्त्रिmनमा पनि ठोक्कियो । त्यहाँ उनले आफ्नै तस्बिर पो देखिन् । अलि अगाडि गएर नियालेर हेरेको त तस्बिर आफ्नो राखेर अर्कै नामबाट एक युवतीले ‘फेक’ च्याटिङ पो गरिरहेकी रहिछिन् । तस्बिर आफ्नो तर नाम अर्काको । यो देखेर रेखाले ती युवतीले मात्र देख्ने गरी माक्स खोलिन् र भनिन् यो तस्बिर मेरो हो । मेरो तस्बिर राखेर गलत नामबाट किन अरूलाई झुक्याएको बहिनी ?’ रेखाको यो प्रश्नको जवाफ ती युवतीले दिनै सकिनन् । ती युवतीले सोचेकी पनि थिइनन् कि तस्बिर कि रेखा उनैकै अगाडि आउँछिन् भनेर । रेखाको यो प्रश्न सुन्नासाथ ती युवतीले नम्र भएर सो फेसबुक ‘डिलिट’ गरेकी थिइन् र रेखाले भनिन्, ‘धन्यवाद । कसैको पनि यसो नगर्नू…-‘
आफ्नो तस्बिर यसरी ‘मिसयुज’ भएको घटना त रेखाले बारम्बार थाहा पाएकी नै हुन् तर प्रत्यक्ष रूपमा भने उनले पहिलोपटक देखिन् । ‘हाम्रो तस्बिर यसरी गलत रूपले प्रयोग भइरहेको छ । कति हारगुहार गर्ने ? अहिलेको जमानामा चाहेर पनि रोक्न सकिन्न,’ रेखाको गुनासो छ ।

भुवन सम्धी बन्दा राजेश र धीरेनबीच कटाक्ष
नेपाली सिनेमाका महानायक राजेश हमाल सिनेमाभित्र मात्र होइन, सिनेमाबाहिरको जीवनको पनि नायक नै हुन् । नेपाली चलचित्रप्रेमी दर्शकहरूमाझ मात्र नभएर अन्य विधा, क्षेत्र अनि तह र तप्काका व्यक्ति-व्यक्तित्वहरूबीच पनि उत्तिकै लोकप्रिय र चर्चित हमालले गत हप्ता एक समारोहमा आफ्नो दह्रो उपस्थिति मात्र जनाएनन् कि उनको आगमनले माहौल नै गरिमामय भएको थियो भने त्यहाँको वातावरणमा नै निकै उल्लासपूर्ण थियो ।
प्रसङ्ग हो, नायक भुवन केसीकी छोरीकी विवाहको । चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्ति-व्यक्तित्वहरूलाई साँझ ६ बजेदेखि बोलाइएको थियो समारोहमा । भुवन सबैलाई स्वागत गर्नमा नै व्यस्त थिए । सात बजेको हाराहारीमा महानायक राजेश हमाल जब समारोहमा आफ्ना सहयोगी सिवीका साथ पुगे तब समारोहमा नै रौनकता थपिएको थियो । हमाल आउनासाथ भुवनले भने, ‘ओ राजेश तिमी आइपुग्यौ । म आज धेरै खुसी छु । राजेशले भने- बधाई छ । दुवैले अंगालो मारे । भुवन र राजेशको यो अँगालोसँगै करिब पाँच सय आगन्तुकको ध्यान यी दुई नायकतिर केन्द्रित भयो । म त सम्धी भएँ अब तिमीले चाहिँ कहिले बिहे गर्ने ? भुवनको यो प्रश्नको जवाफ राजेशले केवल हाँसेर नै टारेका थिए ।
समारोहमा राजेश आउँदा साँच्चै नै गजवको माहोल सिर्जना भएको थियो । एक चलचित्रकर्मी भन्दै थिए, ‘हुन त यहाँ अरू पनि हिरो छन् तर राजेश आएपछि अरू सबै फ्लप ।’ ती चलचित्रकर्मीको यो व्यङ्ग्य अर्को नायक धीरेन शाक्यप्रति लक्षित थियो । कुनै समय राजेशको प्रतिस्पर्धीको रूपमा आफूलाई हेर्ने र को हो त्यो राजेश म चिन्दिनँ भनेर घमण्ड प्रदर्शन गर्ने धीरेन समारोहमा गुमनामजस्तै अवस्थामा थिए । एक घन्टाअगाडि समारोहमा आए तापनि धीरेनलाई गन्ने, मान्ने, बुझने र उनीसँग कुरा गर्नेहरू कोही थिएनन् । एउटा कुनामा बसेर मदिरा पिइरहेका थिए उनी । कुनै समूहमा धीरेन आफैं टाँसिन पुग्थे भने यता राजेशतिर आउनेहरूको भीड बढ्दै थियो । करिब एक घन्टा त राजेशले दुलाहा-दुलहीलाई बधाई पनि भन्न भ्याएनन् । उनी आउनासाथ उनीसँग फोटो खिचाउनेहरूको भीड यस्तो थियो कि त्यस समयमा एक चलचित्रकर्मीले राजेशका सहायक सिवीलाई भने, ‘राजेश हमालसँग फोटो खिचेको एकजनाको पचास रुपैयाँ लिएको भए पनि हजारौँ उठ्थ्यो नि ।’ यो भनाइले माहोल हाँसोमा परिणत भएको थियो ।
राजेश हमालसँग फोटो खिचाउनेको भीड अनि उनको क्रेज र वजन देखेपछि विचरा धीरेनले त्यो दृश्य हेर्न सकेनछन् र उनी भुवनसँग पनि बिदा नलिईकन लुसुक्क कुन बेला कुलेलम ठोके कसैले भेउ नै पाएनन् । गजबको कुरा के थियो भने धीरेनसँग कुरा गर्ने उनकै नजिकका साथी पनि राजेश आएको थाहा पाएपछि धीरेनलाई ‘एकैछिन है’ भन्दै राजेशतिर गएको देखिन्थ्यो । आफ्नो अवस्था यस्तो नाजुक भएपछि नभागेर के गरून् धीरेन ?
समारोहमा राजेशसँग तस्बिर खिचाउनेहरूको परिचय पनि कम थिएन । सचिवदेखि सेनाका मेजर अनि राजनीतिक पार्टीका नेता र उनीहरूका धर्मपत्नी र परिवारहरूको सङ्ख्या बाक्लै थियो । त्यति नै बेला गाइँगुइँ सुनियो- सिनेमाचाहिँ विदेशी हेर्ने अनि नेपाली फिल्म हेर्ने टिकट किन्नुपर्‍यो भने लाज लाग्छ भन्ने तर फोटोचाहिँ राजेश हमालसँग खिचाउने ? फोटो खिच्नजस्तै नेपाली फिल्म हेर्नेतिर पनि यिनीहरूको ध्यान जानुपर्‍यो नि ?