नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि उम्मेदवार घोषणा

नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि उम्मेदवार घोषणा



नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले शनिबारसंयुक्त रूपमा उम्मेदवार घोषणासभाको औपचारिक कार्यक्रम आयोजना गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा गरिएको हो । घोषित उम्मेदवारहरूमा अध्यक्षमा पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष महिलामा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी रहेका छन् ।

यस्तै, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सुजना अर्याल, आदिवासी जनजाती सचिवमा नारायणसुन्दर किलम्बू, मधेशी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक, एसशोसिएट सचिव पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने छन् ।

खुला सदस्यमा छवि तिवारी, नारायणप्रसाद पङ्गेनी, वासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री उम्मेदवार बनाइएका छन् भने महिला सदस्य (खस आर्य)मा सरिता तिम्सिना, महिला सदस्य (मधेशी)मा ललिताकुमारी साह, आदिवासी जनजाति महिला सदस्यमा शान्ता आङबुहाङ, दलित महिला सदस्यमा सरिता बराइली उम्मेदवार छानिएका छन् । यस्तै आदिवासी जनजाति सदस्यमा भीसन राई र आदिवासी जनजाति (महिला)मा सन्चकुमारी लामा तामाङ, दलित सदस्य प्रकाश धौलाकोटी र दलित महिला सदस्यमा राधा नेपाली उम्मेदवार छन् ।

मधेशी सदस्यमा सुभाषप्रसाद साह र मधेशी महिला सदस्यमा रिङ्कुकुमारी मिश्र, सदस्य (अपाङ्गता) मा नवीन रिजाल र अल्पसङ्ख्यकमा इफ्तार हसन, लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी र लेखा समिति सदस्य (महिला)मा देवी सापकोटा छन् ।

सदस्यमा प्रदेश नं १ मा अमर खड्का र श्यामकृष्ण दाहाल, प्रदेश नं २ मा अनिल मिश्र र शिव पुरी, वाग्मती प्रदेशमा ध्रुव रावल र सुनिल खड्का गण्डकी प्रदेशमा प्रदीप काफ्ले र त्रिभुवन पौडेल, लुम्बिनी प्रदेशमा भवानीप्रसाद पाण्डे र सुशील पोखरेल, कर्णाली प्रदेशमा दीपेन्द्र शर्मा र भीमबहादुर सिंह, सुदूरपश्चिम प्रदेशमा उत्तरसिंह विष्ट र भरतबहादुर शाह उम्मेदवार बनेका छन् ।

यस्तै उपत्यका प्रदेशमा शान्तराम बिडारी र ज्ञानप्रसाद पौडेल, प्रतिष्ठान प्रदेशमा गजेन्द्रराज ओझा र रामकृष्ण अधिकारी, एशोसिएट प्रदेशमा ओमबन्धु कार्की र विकास कार्की उम्मेदवार छन् ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सङ्गठन नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष उदय जिएम र क्रान्तिकारी पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष नारायण पङ्गेनीले व्यावसायिक पत्रकारहरूको गठबन्धनलाई विजयी बनाउन सबै पक्षले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

यसअघि गत १७ गते प्रेस चौतारी नेपाललगायत नौ वटा पत्रकारका सङ्गठनले आफ्नो समूहको उम्मेदवार घोषणा गरेका थिए । प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल, जनपत्रकार सङ्गठनलगायत नौ सङ्गठनको प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानलको तर्फबाट पत्रकार निर्मला शर्मा अध्यक्ष रहेको पदाधिकारीतर्फका उम्मेदवारी घोषणा गरिएको हो ।

सो समूहका तर्फबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद नेपाल, महिला उपाध्यक्षमा दाना केसी सुवेदी, समावेशी उपाध्यक्षमा अवधेश झा, महासचिवमा बालकृष्ण बस्नेतले उम्मेदवारी दिएका छन् ।

यस्तै खुला सचिवमा रामकृष्ण ज्ञवाली, महिला सचिवमा निमा काफ्ले, मधेशी सचिवमा स्वेता सिन्हा, आदिवासी जनजाति सचिवमा शाहीमान राई, दलित सचिवमा मधु शाही, एशोसियट सचिवमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्णा गिरी र लेखा समितिको संयोजकमा द्वारिका काफ्लेले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रमा अध्यक्ष पदका उम्मेदवार शर्माले महासङ्घलाई श्रमजीवी पत्रकारको सङ्गठन बनाउन महिला नेतृत्व आवश्यक रहेकाले आफूलाई जिताउन आग्रह गरेकी थिइन्

महासङ्घको महाविधेशन यही चैत २५ गते बुधबार हुनेछ ।