ऐतिहासिक इँटा फेला पर्‍यो

ऐतिहासिक इँटा फेला पर्‍यो



पुरातत्व विभागले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिक स्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीर्णोद्वार गर्दा करिव २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ ।

सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित सो मन्दिरको जीर्णोद्वार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो । सो इँटा विसं १८३५ र १९३५ को हुन सक्ने बताइएको छ । फेला परेको उक्त इँटामा वि.सं. उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले जानकारी दिएका छन् ।

ऐतिहासिक इँटा फेला परेपछि त्यहाँ वि.सं. १९३५ भन्दा पहिलेदेखि नै मन्दिर रहेको अनुमान गरिएको छ । सो ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको सिम्रौनगढका उचित संरक्षण हुन सकेको छैन ।