प्रस्तावित न्यायाधीश चुडाल र सुवेदीको वैशाख ३ गते संसदीय सुनुवाइ

प्रस्तावित न्यायाधीश चुडाल र सुवेदीको वैशाख ३ गते संसदीय सुनुवाइ



सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ ।

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार समितिको आजको बैठकले चुडाल र सुवेदीविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग गरेको छ ।

प्रस्तावित न्यायाधीश चुडालविरुद्ध दुई र सुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए । चुडालविरुद्धको उजुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले जानकारी दिए ।

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुराबारे बैठकलाई ध्यानाकर्षण गराएका थिए । बैठकमा उजुुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए ।