‘स्टार अफ द मिलिनियम’का लागि २० प्रतियोगी छनौट

‘स्टार अफ द मिलिनियम’का लागि २० प्रतियोगी छनौट



‘स्टार अफ द मिलिनियम २०२१’ छनौट हुने भएको छ, जसका लागि २० प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित प्रारम्भिक चरणको अडिसनमा ७० बढी प्रतियोगीको सहभागिता रहेको थियो । अडिसनबाट छानिएका प्रतियोगीहरू अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुट्नेछन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रालि आयोजक रहेको १८ देखि ३० बर्वासम्मका विवाहित तथा अविवाहित महिला सहभागी प्रतियोगिताको प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई र्याम्प वाक, व्यक्तित्व विकास, संचारकला, फोटोसेसन, स्टेज प्रस्तुति, पब्लिक स्पिकिङ, हेल्थ टिप्स, महिला सशक्तिकरण प्रशिक्षणसहित अन्तिम स्पर्धामा उत्रिने छन् ।

व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी राष्ट्र र समाजका लागि योग्य महिला बनाउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले बताए ।

अगामी जेठ १ गते राष्ट्रिय नाचघरमा फाइनल स्पर्धा आयोजना हुने प्रतियोगिताको मुख्य प्रयोजक लक्किज हेल्थ एण्ड स्क्रिन कियर सेन्टर लगनखेल र सहप्रायोजक जोजोलप्पा गाडेन रेष्टुरेन्ट कीर्तिपुर रहेको छ ।

शीर्षसहित आधादर्जन विजेता छानिने प्रतियोगिताका विजेताले विभिन्न अवसर गिफ्ट पुरस्कारको रुपमा प्राप्त गर्नेछन् । प्रतियोगिताको फेसन डिजाइनर श्रीषा बैदार फैजु रहेकी छन्, भने कोरियोग्राफी राज फैजुले नै गर्नेछन् ।