पूर्व श्री ५ नर्भिक अस्पताल भर्ना

पूर्व श्री ५ नर्भिक अस्पताल भर्ना


पूर्व श्री ५ ज्ञानेन्द्र शाह र रानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

छोरी प्रेरणा शाहका साथ उहाँहरू शनिबार दिउँसो १ बजे अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

बास्तोलाका अनुसार कोभिड–१९ को उपचारका लागि उहाँहरू भर्ना हुनुभएको हो ।

केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्व श्री ५ र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उहाँहरू तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।

file photo