जापानमा कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु हुने दश हजार जना भन्दा बढी

जापानमा कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु हुने दश हजार जना भन्दा बढी



जापानमा त्यहाँको सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरिएको तथ्यांकमा त्यहाँका कोभिड सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ ।

सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै सोमबार मात्र त्यहाँ कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन् धेरै देखिएको बताइएको थियो ।

त्यहाँ अहिलेसम्ममा पाँच लाख ६६ हजार जना भन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ । जापानी अधिकारीहरुले पछिल्ला केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर बढिरहेको बताएका सिन्ह्वाले उल्लेख गरेकाो छ । जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारका अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार आजसम्ममा त्यहाँ सङ्क्रमणबाट मृत्यु हुने दश हजार जना पुगेका छन् ।

जापानको राजधानी टोकियो र त्यसपछि त्यहाँका पश्चिमी प्रान्त, ओसाका, क्योटो र ह्योगो शहरमा प्रधानमन्त्री याशिहिदे सुगाले आइतबार संकटकालको घोषणा गरेका थिए । सो संकटकालपछि सोमबार मात्र कम्तीमा ३ हजार ३०० जना जतिमा कोरोना संक्रमण देखिएको बताइएको छ ।

राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य शहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो । त्यहाँ कोरोना विरुद्धको खोपको काम भने निकै ढिला भएको बताइएको छ । जापानी अधिकारीहरुले कारोनाको खोप दिन ढिला गरिरहेकोले उनीहरुको आलोचना भइरहेको पनि बताइएको छ ।