भारतमा २४ घण्टामा पौने चार लाख संक्रमित थपिए, ३४८८ को मृत्यु

भारतमा २४ घण्टामा पौने चार लाख संक्रमित थपिए, ३४८८ को मृत्यु



भारतमा कोरोना महामारीको वेग थप चर्किएको छ । हरेक दिन संक्रमण एवम् मृत्युको नयाँ रेकर्ड बनिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतभर ३ लाख ८६ हजार ४ सय ५२ जना संक्रमित भएका छन् भने एकै दिनमा कोरोनाका कारण ३ हजार ४ सय ८८ जनाको मृत्यु भएको छ ।

एएनआईले जनाएअनुसार २१ अप्रिलयता भारतमा हरेक दिन तीन लाख हाराहारीमा मानिसहरु संक्रमित भइरहेका छन् भने मृत्युको दर पनि उच्च रहेको छ ।