भारतका चर्चित पत्रकार तथा टिभी एङ्कर रोहित सरदानाको निधन भएको छ । ४२ वर्षीय सरदाना एक साताअघि कोरोना भाइरसबाट संक्रमित भएका थिए । अस्पतालमा उपचार गराइरहेका उनको आज हृदयाघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संक्रमणका बाबजुद उनी क्रियाशील रहनुका साथै कोभिडबाट बच्न सामाजिक सञ्जालमार्फत सबैलाई हौसला प्रदान गरिरहेका थिए । तर बुधबार राति अचानक स्वास्थ्य अवस्था खस्किएपछि उनलाई नोयडास्थित मेट्रो अस्पताल भर्ना गरिएको थियो ।
आजतक टेलिभिजनका लोकप्रिय प्रस्तोता रोहितको निधनमा भारतका विभिन्न राजनीतिक दलका शीर्ष नेतालगायतले दुःख प्रकट गरेका छन् ।
प्रतिक्रिया