कोरोनाका कारण हालसम्म कूल ५,८४७ को निधन, तीन चिकित्सकको मृत्यु

कोरोनाका कारण हालसम्म कूल ५,८४७ को निधन, तीन चिकित्सकको मृत्यु



बिहीबार थप ८,३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२,०८७ मा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । मन्त्रालयको विवरणअनुसार २१,०६९५ पिसिआर परीक्षण गरिएको थियो भने ३९२ एन्टिजेन परीक्षण गरिएको थियो । ६,५४३ जना भने निको भएका छन् ।

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित पछिल्लो २४ घण्टामा (बिहीबार) १९० जनाको कोरोना संक्रमणको कारण निधन भएको छ । बिहीबारको विवरणसहित हालसम्म कूल ५,८४७ को निधन भएको छ ।

मन्त्रालयका अनुसार कूल ४,८८,६४५ कोरोना पोजेटिभ हुँदा ३,६६,९४६ जना भने निको भएका छन् । यस आधारमा निको हुने दर ७५.१ प्रतिशत रहेको छ । कोरोनाको दोस्रो लहरपछि कोरोना पोजेटिभ हुनेको सङ्ख्या एक लाख १५ हजार ८५२ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ३८९ रहेका छन् । कुल एक लाख ४६ हजार २८६ निको हुँदा एक हजार ३२६ जनाको निधन भएको छ । भक्तपुरमा चार हजार ७८३ सक्रिय सङ्क्रमित छन् भने १२ हजार ४७३ निको भएका छन् । यस्तै २६२ को मृत्यु भएको छ । ललितपुरमा छ हजार ८९५ सक्रिय सङ्क्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । सो जिल्लामा ३४७ जनाको मृत्यु भएको छ

कोरोना सङ्क्रमणका कारणले हालसम्म तीन चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमणबाट कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा. ईश्वरलाल आचार्य, डा. मुकेश चौधरी र डा. पुज्याश्री कार्कीको निधन भएको जानकारी दिएका छन् ।