केपीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नेपाल समूह सहभागी नहुने

केपीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नेपाल समूह सहभागी नहुने



नेकपा (एमाले)को संस्थापन पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा खनाल-नेपाल पक्ष सहभागी नहुने भएको छ । बिहीबार सो समूहको बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको उक्त समूहका एक नेता भीमबहादुर रावलले जानकारी दिए ।

सो समूहले पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको छ ।

एमालेको संस्थापन पक्षले महाधिवेशन आयोजक कमिटी भङ्ग गरी शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने उक्त समूहको निष्कर्षले एमालेको आन्तरिक एकता तत्काल सम्भव नहुने सङ्केत दिएको छ ।