८५ दिनपछिको पहिलो आन्तरिक उडान उत्साहजनक

८५ दिनपछिको पहिलो आन्तरिक उडान उत्साहजनक



कोभिड-१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान ५८ दिनपछि बिहीदेखि पुनः सञ्चालनमा आएको छ । निषेधाज्ञापछि शुरु भएको हवाई उडानको पहिलो दिन यात्रुको निकै उत्साहजनक सहभागिता रह्यो । निषेधाज्ञाअघिको उडान हुने सङ्ख्याका आधारमा अहिलेलाई ५० प्रतिशत मात्रै उडान अनुमति दिइएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको हो ।

कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको थियो । वैशाख २० देखि आन्तरिक र वैशाख २३ देखि अन्तरराष्ट्रिय उडान स्थगन गरिएको थियो ।

अग्रणी वायुसेवाप्रदायक कम्पनी बुद्ध एयरले पहिलो दिन नै ३१ उडान गरेको छ । ती उडानबाट झण्डै तीन हजार ८०० यात्रुले सेवा लिएका बताइएको छ ।

बुद्ध एयरका वितरण तथा बजार निर्देशक रूपेश जोशीका अनुसार पहिलो दिन बिहीबार तीन हजार ५०० बुकिङ भएको थियो । जुन कम्पनीका लागि निकै उत्साहजनक सङ्ख्या हो । पहिलो बन्दाबन्दीपछि भएको उडानमा यत्तिको सहभागिता थिएन । प्राधिकरणको उडान तालिकाअनुसार हरेक घण्टामा सात उडान मात्रै हुने हुँदा विमानस्थलमा भिडभाड पनि देखिएन ।

कोभिडविरुद्धको निर्देशिकाअनुसार उडान सेवा सञ्चालन भइरहेको छ । हरेक यात्रुको तापक्रम मापन, ह्याण्ड सेनिटाइजरको व्यवस्था, विमानभित्र मास्क र फेशशिल्डको अनिवार्य प्रयोग गरी सुरक्षाका प्रमुख उपाय अपनाइएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । बाढीपहिराले बाटोघाटो असहज भएका गन्तव्यमा बुद्ध एयरले उडान थप गरेको छ । बुद्ध एयरसँग १५ वटा जहाजमध्ये १० एटिआर ७२, तीन वटा एटीआर ४२ र दुई वटा बिचक्राफ्ट जहाज रहेका छन् ।

कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको थियो । वैशाख २० देखि आन्तरिक र वैशाख २३ देखि अन्तरराष्ट्रिय उडान स्थगन गरिएको थियो । विमानस्थलले कोभिड-१९ महामारीको हालको जोखिम स्थितिलाई ध्यानमा दिई यात्रुको सुरक्षित आवागमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी रएको स्वास्थ्यसम्बन्धी मापदण्ड/प्रोटोकल प्रभावकारी रूपमा पालना गराइएको र सोको सुपरीवेक्षण समेत गरिएको जनाएको छ ।

pict:rss