जापानमा शनिबार वर्षकै सर्वाधिक वर्षा

जापानमा शनिबार वर्षकै सर्वाधिक वर्षा



सतर्कता अपनाउन अनुरोध

  • विशेष प्रतिनिधि, खानागावा (जापान)

जापानको सिजुओका तथा खानागावा प्रान्तमा आज पनि भारी वर्षा कायमै रहने पूर्वानुमानका साथ सतर्कता अपनाउन अनुरोध गरिएको छ । हिजो जापानमा यो वर्षकै सर्वाधिक धेरै पानी परेको रेकर्ड कायम भएको थियो ।

भारी वर्षाका कारण सिजुओका केनमा गएको पहिरोमा परि अझै केही मानिसहरु हराइरहेका छन् भने, अधिकांश स्थानमा भारी वर्षाका कारण रेलसेवाहरु अवरुद्ध भएका छन् ।

आइतबार पनि पानी पर्ने क्रम जारी रहेको र अत्याधिक पानीका कारण जमिन कमजोर भइसकेकाले जुनसुकै समयमा बाढीपहिरो तथा डुबानका विपत्ती आइलग्न सक्ने भन्दै, खोलानाला तथा पहाडी क्षेत्रमा बसोबास गर्नेहरुलाई विशेष सचेत रहन भनिएको छ ।

सिजुओका, खानागावा, आईची तथा चिबा केनका होचो तथा खोला किनाराका बस्तीहरुमा विशेष खतरा रहेको मौसमविदहरुले जनाएका छन् । अहिलेसम्म विपत्तीमा नेपाली समुदायका मानिसहरु भने नपरेको बताइएको छ।