धनुषा पुगेर प्रचण्डले भने- ‘प्रदेश २ को नाम मधेस हुनुपर्छ’

धनुषा पुगेर प्रचण्डले भने- ‘प्रदेश २ को नाम मधेस हुनुपर्छ’



प्रतिनिधिसभा पुनःस्थापना हुनेमा प्रचण्ड विश्वस्त

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् । धनुषानिवासी माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम पुगेका प्रचण्डले सर्वोच्च अदालतमा बुझाइएको १४६ सांसदको हस्ताक्षरका आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने जिकिर गरे ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ । अध्यक्ष दाहालले प्रधानमन्त्रीले अदालतलाई अनावश्यक दबाब दिन खोजेको आरोप पनि लगाएका छन् ।

अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले संविधान त्रुटिपूर्ण रहेको स्वीकार्दै संशोधनका पक्षमा आफू रहेको बताए । उनले प्रदेश नं २ को नाम मधेश रहनुपर्ने तर्क पनि गरे ।