मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता



प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई-दुईजना मन्त्री बनाइएका थिए । यस्तै, प्रधानमन्त्री देउवाले आइतबार एकजना राज्यमन्त्री थप गरेका छन् ।

प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिए पनि सबै दललाई मिलाएर अगाडि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बालुवाटार स्रोतले जनाएको छ ।

file photo